२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दीको सहमति

२०७९, २४ पुष आईतवार ०८:५६

पुस २४, काठमाडौँ | जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दीको सहमति भएको छ। आइतबार दुई पार्टीका प्रमुखहरु क्रमशः सीके राउत र रञ्जिता श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति पत्रको प्रस्तावना ‘विभिन्न मुद्दाहरुमा सहकार्य गर्ने राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि तत्काल दुई पार्टीबीच मोर्चाबन्दी गर्ने’ भनिएको छ।


उनीहरुबीच विभिन्न १२ बुँदामा सहमति भएको छ। जसमा टीकापुर घटनाका राजबन्दीहरुलगायत रेशम चौधरीको रिहाइको लागि पहल गर्ने, नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी संहिता पहिलो संशोधन अध्यादेश, २०७९ लाई संसद्‌बाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाब दिने, सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने लगायतका विषय छन्।

त्यस्तै, नागरिकता विधेयक पारित गर्न दबाब दिने, संविधानमा रहेको त्रुटिपूर्ण धारालाई संशोधन गर्न पहल गर्ने, किसान आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्ने वातावरण सिर्जना गर्ने लगायतका विषय छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी