२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ दल र सांसदहरु संसदको पुँजी हो : प्रधानमन्त्री प्रचण्ड

२०७९, २५ पुष सोमबार ०८:०२

पुस २५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताएका हुन् । ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उनले भने, ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’


उनले परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने भन्दै सबै सांसदहरु जनताको निरन्तर निगरानीमा रहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन् । उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको पनि बताए ।

‘विना इर्ष्या मनैदेखि भन्न चाहन्छु । यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरुमा केही गरौं भन्ने हुटहुटी छ । यो संसदको पुँजी हो, तपाईहरुलाई हृदयदेखि नै स्वागत छ’ उनले भने ।

मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले आफूहरुलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए । ‘म आशावादी छु । यो प्रतिनिधसभा सार्थक संवादको थलो बन्ने छ । हाम्रो अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रको आवश्यकताको बारेमा विवेकपूर्ण निर्णय लिन सक्नेछौं’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन