२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्‌मा रवि लामिछानेको पहिलो सम्बोधन : हामी जनमतलाई कदर गर्दै सरकारमा गएका हौँ

२०७९, २५ पुष सोमबार ०८:४१

पुस २५, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जनमतको कदर गर्दै सरकारमा गएको बताएका छन्। 

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सँधै सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको बताए। 


उनले भने, 'नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन होला। तर हामीले छोटो अवधिमै यो साथ र सहयोग पाएका छौ यो हाम्रो लागि ठूलो कुरा हो। हामी सँधै खरो प्रतिपक्षीको कुरा गर्थ्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ। यो स्वभाविक हो। तर हामीले जनमतलाई कदर गरेका हौँ। जनताले हामीलाई दिएको यो आशाको मत हो। यो मतको सही सदूपयोग गर्न हामी सरकारमा गएका हौँ।' 

लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताए। उनले भने,'यो जनताले दिएको मत अनुसार साझा कार्यक्रम बनाएर हामी सरकारमा गएका हौँ। हामी जनताका आवश्यकता पूरा गर्न सरकारमा छौँ। न्यूनतम साझा कार्यक्रमले जनताका पक्षमा खरो भएर काम गर्नेछ।'

संसदमा उपस्थित हुने अवसर दिलाउने मतदातालाई धन्यवाद दिँदै लामिछानेले विगतमा संसदले गरेका कामको पनि समीक्षा हुनुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन