२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा उम्मेदवारी दिन्छ कि दिँदैन?

२०७९, २८ पुष बिहीबार ०५:५०

पुस २८, काठमाडौँ | नेपाली कांग्रेसले सभामुख पदको निर्वाचनमा पार्टीबाट तर्फबाट उम्मेदवारी दिने कि नदिने भन्नेबारे आन्तरिक छलफल सुरू गरेको छ। यही माघ ५ गते सभामुख चयनका लागि निर्वाचन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेसले अब हुने सभामुख पदमा उम्मेदवारी दिन्छ कि दिँदैन चासोसाथ हेरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन र संसदीय दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर पार्टी प्रतिपक्षी भूमिकामै बस्ने निर्णय गरेको थियो। सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे सुझाव लिइरहेका छन्। बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा यसबारे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्दैछन्।


सभामुख पदमा उम्मेदवारी दिँदा कसलाई अघि सार्ने भन्ने पनि छलफल भइरहेको छ। प्रवक्ता प्रकाशशरण महतले सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे आन्तरिक छलफल भइरहेको र निर्णय हुन केही समय लाग्ने बताए। ‘सभापतिज्यूले पदाधिकारीलगायत शीर्ष नेताहरूसँग यसबारे कुराकानी गरिरहनुभएकै छ। आज पनि बैठक छ,’ उनले भने, ‘परिस्थिति कस्तो हुन्छ, सबै ध्यान दिने गरी हामीले उचित निर्णय गर्छौं।’ प्रधानमन्त्रीलाई विश्वासको मत दिए कांग्रेसले सत्ता साझेदार दलसँग कुनै पदमा बार्गेनिङ नगरेको दाबी गर्दै आएको छ। प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेससँग कुनै सम्झौताबिना नै विश्वासको मत प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

प्रवक्ता महतले प्रदेशहरूमा पनि सभामुखलगायत पदमा उम्मेदवारी दिने तयारी रहेको बताए। कांग्रेस सातै प्रदेशमा प्रतिपक्षी भूमिकामा छ। केन्द्रमा सरकारलाई समर्थन गरे पनि कुनै पनि प्रदेश सरकारलाई कांग्रेसले समर्थन गरेको छैन। बागमती प्रदेशलगायतमा सभामुख पदमा उम्मेदवारी दिने तयारीमा कांग्रेस जुटेको छ। सत्ता साझेदार दलभित्र सभामुख नेकपा एमालेले लिने सहमति भएका विषय बाहिरिएका थिए। कांग्रेसले पार्टीभित्र छलफल गर्ने र प्रधानमन्त्री लगायतसँग पनि यसबारे छलफल गरेर अघि बढ्ने रणनीति लिएको छ। 

राष्ट्रपतिमा सत्ता साझेदार दलहरूबाट सहयोग पाउने हो भने सभामुख छाडेर जानुपर्ने तर्क पनि कांग्रेसका केही नेताहरूले राख्ने गरेका छन्। तर प्रवक्ता महतले कुन पद लिने भनेर आफूहरूले कसैसँग केही कुरा नगरेको दाबी गरेका छन्। ‘सभामुखलगायत पदमा उम्मेदवारीबारे पार्टीभित्र छलफल गरेर संस्थागत निर्णय गर्दै अघि बढ्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन