११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनबाट गृहमन्त्री लामिछानेको अर्को कडा निर्देशन

२८ पुष २०७९, बिहीबार ११:२३

पुस २८, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहिबार बिहान चितवन पुगेका छन् । गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चितवन पुगेका लामिछाने त्यहाँ झण्ठै आधा दर्जन कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

काठमाडौं विमानस्थलमै बुद्ध एयरको बसमा सर्वसाधारणसंगै विमानसम्म पुगेका गृहमन्त्री लामिछानेले भरतपुर विमानस्थलमा पनि भिआईपी सुविधा लिन मानेनन् । उनी विमानबाट ओर्लिएपछि भिआईपी कक्षको प्रयोग नगरी सर्वसाधारण निस्किने मार्गबाटै बाहिर निस्किएका थिए ।


विमानस्थलकै पार्किङ क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरेर लामिछानेले आफू चितवनबाट निर्वाचित भइसकेपछि निर्वाचन क्षेत्रमा गरेको कामको प्रगतिबारे जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनको क्रममा आफूलाई अत्यावश्क नभइ भिआईपी सुरक्षा नचाइने बताउँदै उनले नेपालका सबै जनताले आपत परेका बेला सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गर्न लागेको बताए ।

त्यसक्रममा लामिछानेले अवैध रुपमा कुनै पनि क्रसर उद्योग सञ्चालन हुन नपाउने भन्दै मापदण्ड पुरा गर्न समस्या भए त्यसमाथि छलफल हुने बताए ।

यसैबीच, चितवनबाटै गृहमन्त्री लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु तथा चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

चितवनका कुखुरापालक व्यवसायीहरुसँगको छलफलका क्रममा व्यवसायीहरुले गृहमन्त्रीसंग भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए ।

छलफलकै क्रममा गृहमन्त्री लामिछानेले बाँके, सिन्धुली तथा सर्लाहीका सुरक्षा अधिकारीहरुलाई फोन गर्दै अवैध आयात रोक्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह