११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलको दाबी- विश्वासको मतबारे पार्टीभित्र विवाद छैन, हामी प्रमुख प्रतिपक्ष हौं

२८ पुष २०७९, बिहीबार १३:११

पुस २८, काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन् । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाएको भन्दै चर्को आलोचना भइरहेको बेलामा नेता पौडेलले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘हामी पार्टीबाट निर्णय गरेर नै सरकारलाई विश्वासको मत दिएका हौं । विश्वासको मत दिँदैमा हाम्रो प्रतिपक्ष दलको हैसियत गुम्दैन ।’


महामन्त्री द्वयसहित पार्टीको केही नेताहरुले बैठकमै फरक मत राख्नुभएको थियो । त्यसबारे आज पनि कुरा उठाउनुभयो होला नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘उहाँहरुले फरक मत राख्नुभएको थियो । तर, पार्टी निर्णय उहाँहरुले पनि मान्नुभइसक्यो । त्यसैले आजको बैठकमा त्यसबारेमा उहाँहरुले केही भन्नुभएन ।’

उनले आजको बैठकमा सभामुख र उपसभामुख चुनावबारे अन्य दलसँग कुरा छलफल गर्ने र नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे मात्रै छलफल भएको जिकिर गरे । तर, सरकारलाई विश्वासको मत दिने सभापति शेरबहादुर देउवाको निर्णयप्रति संस्थापनइतर पक्षले असन्तुष्टि पोख्दै आइरहेको छ । पार्टीभित्र विवाद चर्किएपछि आज देउवाले पदाधिकारी बैठक बोलाएका थिए ।

त्यसो त पार्टीभित्र विवाद बढ्दै गएपनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा दरार ल्याउन कांग्रेसले विश्वासको मत दिएको कतिपयले टिप्पणी गरेका छन् ।सरकारलाई विश्वासको मत दिएपछि नेता पौडेलले भनेका थिए, ‘ओलीबाट हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो ।’ पौडेलको अभिव्यक्तिसँगै सभामुख निर्वाचनको लागि अन्य दलसँग गर्ने कांग्रेसले गरेको निर्णयलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह