२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलको दाबी- विश्वासको मतबारे पार्टीभित्र विवाद छैन, हामी प्रमुख प्रतिपक्ष हौं

२०७९, २८ पुष बिहीबार १३:११

पुस २८, काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन् । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाएको भन्दै चर्को आलोचना भइरहेको बेलामा नेता पौडेलले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘हामी पार्टीबाट निर्णय गरेर नै सरकारलाई विश्वासको मत दिएका हौं । विश्वासको मत दिँदैमा हाम्रो प्रतिपक्ष दलको हैसियत गुम्दैन ।’


महामन्त्री द्वयसहित पार्टीको केही नेताहरुले बैठकमै फरक मत राख्नुभएको थियो । त्यसबारे आज पनि कुरा उठाउनुभयो होला नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘उहाँहरुले फरक मत राख्नुभएको थियो । तर, पार्टी निर्णय उहाँहरुले पनि मान्नुभइसक्यो । त्यसैले आजको बैठकमा त्यसबारेमा उहाँहरुले केही भन्नुभएन ।’

उनले आजको बैठकमा सभामुख र उपसभामुख चुनावबारे अन्य दलसँग कुरा छलफल गर्ने र नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे मात्रै छलफल भएको जिकिर गरे । तर, सरकारलाई विश्वासको मत दिने सभापति शेरबहादुर देउवाको निर्णयप्रति संस्थापनइतर पक्षले असन्तुष्टि पोख्दै आइरहेको छ । पार्टीभित्र विवाद चर्किएपछि आज देउवाले पदाधिकारी बैठक बोलाएका थिए ।

त्यसो त पार्टीभित्र विवाद बढ्दै गएपनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा दरार ल्याउन कांग्रेसले विश्वासको मत दिएको कतिपयले टिप्पणी गरेका छन् ।सरकारलाई विश्वासको मत दिएपछि नेता पौडेलले भनेका थिए, ‘ओलीबाट हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो ।’ पौडेलको अभिव्यक्तिसँगै सभामुख निर्वाचनको लागि अन्य दलसँग गर्ने कांग्रेसले गरेको निर्णयलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन