2026-07-24 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको जोशिमठ शहर पृथ्वीमै बिलाउने डर

पुस २८, काठमाडौँ | भारत उत्तराखण्डको चमोली जिल्लाको जोशिमठ शहरमा जमिन भासिदै गइरहेको छ । समुद्री सतहबाट ६ हजार १ सय ५० मिटर उचाइमा रहेको यो शहरका ठाउँठाउँमा धाँजा फाटिरहेका छन् । घरका पर्खाल भत्किरहेका छन्, मानिसहरु घरमा बस्न डराएर आश्रयका लागि सुरक्षित ठाउँ खोजिरहेका छन् ।

अलकनन्दा र धौलिगंगा नदीको बीचमा रहेको सानो पहाडमा बसेको यो शहर भारतको प्रख्यात तीर्थस्थल बद्रीनाथ यात्राको अन्तिम ठूलो मानव बस्ती हो । हिमनदीको गेग्र्यानमा उभिएको यो पहाडमा ठूला विकास परियोजना सुरु गर्दा संकट बढेको विज्ञहरु बताइरहेका छन् ।

धौलिगंगाबाट विद्युत उत्पादन गर्ने भन्दै यहाँ नेशनल थर्मल पावर कर्पोरेशन (एनटीपीसी)ले सुरुङ निर्माण गरिरहेको छ । तपोवन विष्णुमठ परियोजना र चारधाम परियोजना अन्तर्गत बाइपास सडक निर्माण सुरु भएपछि यहाँको जमिन भासिने क्रम बढेको वैज्ञानिकहरु बताउँछन् ।

गढवाल विश्वविद्यालयको विज्ञान विभागका अध्यक्ष तथा यो क्षेत्रको भूगोलको अध्ययन गरिरहेका वैज्ञानिक एसपी सतिका अनुसार यहाँ २०१३ मा नै ठूला परियोजना बनाउन रोक लगाइएको थियो ।

जोशिमठ भासिन थालेसंगै यहाँका ३ हजार भन्दा धेरै मानिसलाई अन्यत्र सार्न उत्तराखण्ड सरकारले योजना बनाइरहेको छ । ७ फेब्रुअरी २०२१ मा हिउँको टुक्रा खसेर अलकनन्दा नदीमा बाढी आएपछि जोशिमठको जमिन भासिने र चिरा पर्ने क्रम बढेको थियो ।

त्यसो त सन् १९७८ मा नै वैज्ञानिकको एक टोलीले जोशिमठ क्षेत्रमा जमिन खन्ने गरी कुनै पनि विकास निर्माणका काम नगर्न भनेको थियो । बद्रिनाथ, हेमकुण्ड जस्ता धार्मिक क्षेत्र जोशिमठको बाटो हुँदै जानुपर्छ ।

वातावरण जोगाउन १९७५ मा चिपको आन्दोलन चलाउने यो क्षेत्र अहिले आफै वातावरणीय संकटमा परेको छ । डाउन टु अर्थ समाचार संस्थाका अनुसार चिपको आन्दोलनकी प्रणेता गौरादेवीको घर पनि चिरा परेको छ ।

दिनानुदिन जमिन भासिने र चिरा पर्ने क्रम बढ्दै गएपछि यहाँका सय भन्दा धेरै घर खाली गराइएका छन् ।

भूगर्भ वैज्ञानिक एसपी सतिका अनुसार जोशिमठसंगै उत्तराखण्डका धेरै क्षेत्र ‘टाइम बम’ जस्ता भएका छन् । कमजोर भू बनोट भएको हिमाली क्षेत्रको जमिन हल्लाउने गरी विकास निर्माणका काम गर्दा यस्तो संकट आएको सतिको भनाइ छ ।

उनी भन्छन्, ‘कविहरूले हिमालयलाई दृढता र अटलताको प्रतीकको रूपमा वर्णन गरेका छन्, तर यथार्थमा हिमालय अत्यन्त नाजुक क्षेत्र हो । यो संसारको सबैभन्दा कान्छो भुगोल हो । हिमायल बन्ने प्रक्रिया अझै पुरा भइसकेको छैन ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक