११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी दिएको एकसातामै डीआईजीको सरुवा

२९ पुष २०७९, शुक्रबार ०६:२३

पुस २९, काठमाडौँ । गृह मन्त्रालय सम्हालेपछि रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा प्राथमिकता दिने पहिलो निर्णय नै गरे। त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा चिकित्सकसहितको टोली गठन भयो। अहिले पनि टोली कञ्चनपुरमै छ।

तर अनुसन्धानको नेतृत्व गरिरहेकी डीआईजी सिंहको भने सरुवा गरिएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले निकालेको सूचनाअनुसार १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ।  सँगै बढुवा तथा पदस्थापन भएका तीन डीआईजीको भने सरुवा गरिएको छैन। मीरा चौधरी ट्राफिकमा कायम रहँदा टेकबहादुर तामाङ र उमेशराज जोशीको पनि सरुवा भएको छैन।


निर्मला पन्तको घटना अनुसन्धान गरिरहेकी डीआईजी सिंहलाई सीआईबीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा खटाउने निर्णय भएको छ। सीआईबीमा मोहनकुमार आचार्य सरुवा भएका छन्। आचार्य यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत थिए। 

निर्मला पन्तको हत्या अनुसन्धानका लागि पुस २० गते सिंह नेतृत्वको टोली कञ्चनपुर पुगेको  थियो। यसअघि ७७ जना अनुसन्धान अधिकृत खटाइसक्दा पनि अनुसन्धान टुंगोमा पुगेको छैन। 

टुंगो लगाउन भन्दै सिंहलाई खटाइएको थियो। तर जिम्मेवारी दिएको एकसातामै सिंहको सरुवा गरिएको हो। यसले निर्मला पन्तको घटनाको अनुसन्धान तत्काल टुंगोमा पुग्ने सम्भावना कम भएको छ।  सरुवा भएसँगै डीआईजी सिंह काठमाडौं फर्किने तयारीमा छन्। 

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह