२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी दिएको एकसातामै डीआईजीको सरुवा

२०७९, २९ पुष शुक्रबार ०६:२३

पुस २९, काठमाडौँ । गृह मन्त्रालय सम्हालेपछि रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा प्राथमिकता दिने पहिलो निर्णय नै गरे। त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा चिकित्सकसहितको टोली गठन भयो। अहिले पनि टोली कञ्चनपुरमै छ।

तर अनुसन्धानको नेतृत्व गरिरहेकी डीआईजी सिंहको भने सरुवा गरिएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले निकालेको सूचनाअनुसार १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ।  सँगै बढुवा तथा पदस्थापन भएका तीन डीआईजीको भने सरुवा गरिएको छैन। मीरा चौधरी ट्राफिकमा कायम रहँदा टेकबहादुर तामाङ र उमेशराज जोशीको पनि सरुवा भएको छैन।


निर्मला पन्तको घटना अनुसन्धान गरिरहेकी डीआईजी सिंहलाई सीआईबीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा खटाउने निर्णय भएको छ। सीआईबीमा मोहनकुमार आचार्य सरुवा भएका छन्। आचार्य यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत थिए। 

निर्मला पन्तको हत्या अनुसन्धानका लागि पुस २० गते सिंह नेतृत्वको टोली कञ्चनपुर पुगेको  थियो। यसअघि ७७ जना अनुसन्धान अधिकृत खटाइसक्दा पनि अनुसन्धान टुंगोमा पुगेको छैन। 

टुंगो लगाउन भन्दै सिंहलाई खटाइएको थियो। तर जिम्मेवारी दिएको एकसातामै सिंहको सरुवा गरिएको हो। यसले निर्मला पन्तको घटनाको अनुसन्धान तत्काल टुंगोमा पुग्ने सम्भावना कम भएको छ।  सरुवा भएसँगै डीआईजी सिंह काठमाडौं फर्किने तयारीमा छन्। 

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन