११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपका वकिल भन्छन् : क्यानले उनलाई कप्तानमा फर्काउनुपर्छ

२९ पुष २०७९, शुक्रबार ०६:३४

पुस २९, काठमाडौँ । बलात्कार अभियोगमा उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्।

उनको रिहाइका लागि अहिले उच्च अदालत पाटनले दिएको आदेशको फाइल जिल्ला अदालत काठमाडौंमा पुगिसकेको छ।

अब जिल्ला अदालतले उच्चको आदेशसहितको फाइल केन्द्रीय कारागारमा पठाउने छ। त्यसपछि स्वास्थ्य जाँच गरेर सन्दीपलाई रिहा गरिनेछ।


उनका वकिल सरोजकृष्ण घिमिरेले कारागारबाट स्वास्थ्य जाँच सकिएपछि जिल्ला अदालतमा तारेख लिन जानुपर्ने बताएका छन्। 

'उच्च अदालतबाट आदेशको फाइलन जिल्ला अदालतमा गइसकेको छ। जिल्ला अदालतले अब त्यो फाइल यहाँ (कारागार) पठाउँछ,' उनले भने, 'त्यसपछि उनको  धस्वास्थ्य चेकजाँच गरेर फेरि तारिख लिनुपर्छ। जिल्ला अदालतबाट तारेख लिनुपर्छ अनि मात्रै छाडिन्छ।'

अधिवक्ता घिमिरेले जेलबाट रिहा भएसँगै सन्दीपलाई क्रिकेटमा फर्किन कुनै समस्या नहुने बताएका छन्। 

'एन्जाइटी र डिप्रेशनको पार्टमा उनलाई काउन्सिलिङ जरुरी छ। तर समग्र स्वास्थ्य त राम्रो छ', उनले भने, 'खेलको विषयमा अदातलको आदेश चाहिँदैन।'

घिमिरेले अदालतको आदेशसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कप्तानको भूमिकामा फर्काउनुपर्ने बताएका छन्।  

'क्यानले अब उनलाई क्याप्टेनमा फर्काउनुपर्छ', उनले भने, 'अहिले नेपाली क्रिकेटको अवस्था हेर्नुस् त, डिभिजन नै घटुवा हुने अवस्था आइसकेको छ', उनले भने, 'क्यानले यदि गम्भीरतापूर्वक लिन्छ भने सन्दीपलाई कप्तानमा फर्काउनुपर्छ।'

घिमिरेले सन्दीपको रिहाइका लागि उनका आफन्तले अहिले २० लाख धरौटी जुटाइरहेको बताए। उनले आजै सन्दीपलाई कारागरमा भेटेको पनि बताए। 

'मैले अदालतबाट राखिएका शर्तहरुबारेमा उसलाई जानकारी गराउनुपर्ने थियो। त्यहीकारण कारागारमा छिरेले उनलाई जानकारी गराएँ', उनले भने, 'उसले पालना गर्नुपर्ने नियमहरु छन्। ती सबै मैले बुझाइसकेको छ। आज २/३ बजेभित्रमा हामी छुट्छन्।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह