२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपका वकिल भन्छन् : क्यानले उनलाई कप्तानमा फर्काउनुपर्छ

२०७९, २९ पुष शुक्रबार ०६:३४

पुस २९, काठमाडौँ । बलात्कार अभियोगमा उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्।

उनको रिहाइका लागि अहिले उच्च अदालत पाटनले दिएको आदेशको फाइल जिल्ला अदालत काठमाडौंमा पुगिसकेको छ।

अब जिल्ला अदालतले उच्चको आदेशसहितको फाइल केन्द्रीय कारागारमा पठाउने छ। त्यसपछि स्वास्थ्य जाँच गरेर सन्दीपलाई रिहा गरिनेछ।


उनका वकिल सरोजकृष्ण घिमिरेले कारागारबाट स्वास्थ्य जाँच सकिएपछि जिल्ला अदालतमा तारेख लिन जानुपर्ने बताएका छन्। 

'उच्च अदालतबाट आदेशको फाइलन जिल्ला अदालतमा गइसकेको छ। जिल्ला अदालतले अब त्यो फाइल यहाँ (कारागार) पठाउँछ,' उनले भने, 'त्यसपछि उनको  धस्वास्थ्य चेकजाँच गरेर फेरि तारिख लिनुपर्छ। जिल्ला अदालतबाट तारेख लिनुपर्छ अनि मात्रै छाडिन्छ।'

अधिवक्ता घिमिरेले जेलबाट रिहा भएसँगै सन्दीपलाई क्रिकेटमा फर्किन कुनै समस्या नहुने बताएका छन्। 

'एन्जाइटी र डिप्रेशनको पार्टमा उनलाई काउन्सिलिङ जरुरी छ। तर समग्र स्वास्थ्य त राम्रो छ', उनले भने, 'खेलको विषयमा अदातलको आदेश चाहिँदैन।'

घिमिरेले अदालतको आदेशसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कप्तानको भूमिकामा फर्काउनुपर्ने बताएका छन्।  

'क्यानले अब उनलाई क्याप्टेनमा फर्काउनुपर्छ', उनले भने, 'अहिले नेपाली क्रिकेटको अवस्था हेर्नुस् त, डिभिजन नै घटुवा हुने अवस्था आइसकेको छ', उनले भने, 'क्यानले यदि गम्भीरतापूर्वक लिन्छ भने सन्दीपलाई कप्तानमा फर्काउनुपर्छ।'

घिमिरेले सन्दीपको रिहाइका लागि उनका आफन्तले अहिले २० लाख धरौटी जुटाइरहेको बताए। उनले आजै सन्दीपलाई कारागरमा भेटेको पनि बताए। 

'मैले अदालतबाट राखिएका शर्तहरुबारेमा उसलाई जानकारी गराउनुपर्ने थियो। त्यहीकारण कारागारमा छिरेले उनलाई जानकारी गराएँ', उनले भने, 'उसले पालना गर्नुपर्ने नियमहरु छन्। ती सबै मैले बुझाइसकेको छ। आज २/३ बजेभित्रमा हामी छुट्छन्।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन