११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई गाली, माधव नेपालको तारिफ गर्दै एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल

२९ पुष २०७९, शुक्रबार ०९:५३

पुस २९, काठमाडौं | नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले केपी शर्मा ओलीकै कारण देशले प्रगति गर्न नसकेको बताएका छन्।  पाँच बुँदे मागलाई एकीकृत समाजवादीले स्वीकार गरेसँगै भुसालले शुक्रबार पत्रकार सम्मेलन गरेरै एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले एमालेमा ओलीवाद हाबी भएकै कारण देशले प्रगति गर्न नसकेको बताएका हुन्।

पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीको तारिफ गरे । यति छोटो समयमा समानुापातिकतर्फ ३ लाख मत पाउनु चानचुने कुरा नभएको पनि उनको भनाइ थियो । साथै, यो एकीकृत समाजवादी पार्टी असाधारण रहेको पनि बताए ।

जनताको बहुदलिय जनवाद अहिले एमाले अझैँ पनि मौका पायो भने संसद विघटन गर्छु भन्नेमा रहेको भन्दै कडा आलोचना गरे । एमाले ओली गुटले बिग्रेको भन्दै एकीकृत समाजवादी त्योभन्दा आज असाधारण ठाउँमा रहेको र एमालेसँग छुट्टिएर बचेको पनि उनको भनाइ थियो । उनले ओलीमाथि दर्जनौँ आरोप पनि लगाए ।

साथै, एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले अब १० देखि १५ वर्षको समयमा समाजवादी क्रान्तिको ठोस काम के हुन्छ एउटा कार्यक्रम तयार पार्ने पनि बताए ।

दश बुँदे गर्दै गर्दा पनि पार्टीमा लड्न जाने सहमति भएको थियो र त्यो प्रमाणित गरेर देखाएको पनि उनले बताए । सञ्चारकर्मीले ‘दश बुँदे लागू गर्न किन सक्नुभएन’ भन्ने प्रश्नको जवाफमा लागू नगर्ने अध्यक्ष ओली गलत रहेको पनि उनले आरोप लगाए ।

उनले भने, ‘१० बुँदे हामीले लागू गर्न सकिएन । एउटा कुरा म सम्झाउु, हामीले २७ गते दश बुँदे गर्यौँ । कमरेड ओली १० बुँदे सहमति गरेपछि माधव नेपाल आयो भने तिनीहरुले सेन्ट्रल कमिटी फेरि पनि प्रश्न उठाउँछन् भनेर बालुवाटारबाट बार्दली पुगेपछि बार्दलीको भाषणमा एउटा कमरेडलाई राष्ट्रघाती, देशघाती, भ्रष्टचारी, भ्रष्ट भनेर भन्नुको अर्थ के थियो ? भन्दा कमरेड ओली जसरी पनि पार्टी विभाजन गर्न चाहन्थे । त्यसो हुँदा १० बुँदे गलत होइन । १० बँुदे लागू नगर्ने कमरेड ओली गलत हुन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह