११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेशम चौधरीलाई तत्काल रिहा गर्न कांग्रेस सांसदको माग

२९ पुष २०७९, शुक्रबार ११:५५

पुस २९, काठमाडौं | नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले रेशमलगायतका बन्दीलाई तत्काल रिहा गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे। उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छे मारिए पनि उनीहरूले न्याय पाएको, तर टीकापुर घटनामा परेकाहरूले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरे।

‘यो मुलुकमा धेरै ठुल्ठूला आन्दोलन भए । ठुल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली कांग्रेसले गर्‍याे, कहिले माओवादीले गर्‍याे । यो देशमा मधेस आन्दोलन भयो । यो देशमा थारू आन्दोलन भयो । यो देशमा पहिचानका आन्दोलन भए । यो देशमा समानताका आन्दोलन भए । हरेक आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । स्वतस्फूर्त आन्दोलनमा मान्छे मारिएका छन । तर, हरेक वेलामा यहाँ न्याय भएको छ । राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलन भनिएन । त्यसकारण कैलालीमा थारूहरूले गरेको आन्दोलन राजनीतिक आन्दोलन थियो । अन्याय भएको छ–रेशम चौधरीमाथि । अन्याय भएको छ थारूहरूमाथि । त्यसलाई करेक्सन गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह