२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आज प्रथम संविधान दिवस

३ आश्विन २०७३, सोमबार ०४:२०


महेन्द्र केसी। 
आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान जारी भएको थियो ।  संविधान दिवसको अबसरपारी देशभर औपचारिक कार्यक्रमको आयोजना गरी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने सरकारले घोषणा गरेको छ ।

सरकारले संविधान दिवसलाई घरघरमा दिपावली गरी मनाउनको लागि नागरिकलाई आह्वान समेत गरेको छ । संविधान दिवसको अबसरपारी पर्वतमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अबसरमा आज मूल समारोह हुदैछ । प्रमुख जिल्ला अधिकारी शम्भू मरासिनीको नेतृत्वमा विहान प्रभातफेरी र प्रभातफेरी पछि मूल समारोहको आयोजना हुदैछ ।

जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी निकाय र विभिन्न संघसंस्था र क्लबले विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै छन् । केन्द्रमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा कार्यक्रम मूल   समारोह गठन भएको छ । सैनिक मञ्च टुडिखेलमा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना गरिदै छ ।

संविधान कार्र्यान्वयनमा जटिलता

संविधानसभावाट नयाँ संविधान जारी भएको आज एक बर्ष पुरा भएको छ । ६५ बर्ष लामो कालखण्डपछि संविधानसभाबाट संविधान जारी भएको हो । संविधानसभाबाटै संविधान जारी गर्ने नेपालीको सपना २००७ सालदेखि थियो तर त्यो अपुरो र अधुरो नै रह्यो । देखे तर अस्थीर राजनीतितन्त्र, बाहिरी शक्तिको हाबी र राजनीतिक दलहरुमा आन्तरिक द्वन्द्वका कारण त्यो सपना अधुरो र अपुरो नै रह्यो ।

१०४ बर्षे राणा शासनको अन्त्यसँगै नागरिकको मनमा पलाएको हक अधिकार सम्बोधन गर्नको लागि निकै परिश्रम गर्न प¥यो । २००७ सालपछि २०१५ सालमा संविधानसभाको चुनाव हुनुको बदला  संसदको चुनाव भयो । २०१७ साल पुष १ मा तत्तकालीन राजा महेन्द्रले जननिर्वाचित प्रम विपी कोइरालालाई अपदस्थ गरी सत्ता हत्याएपछि नागरिकको हक अधिकारमाथि फेरि अंकुश लाग्यो ।

२०४६ सालमा बहुदल आयो तर बहुदलले पनि नागरिकलाई केहि दिन भने सकेन । २०४७ सालमा संविधानसभाको चुनावको माग उठेता पनि त्यो हुन सकेन भने २०५७ सालमा माओवादीले फेरि सोही कुराको माग गर्दै भूमिगत रुपमा राज्यका विरुद्धमा उत्रियो । २०६२÷७३ मा जनआन्दोलन भयो ।

जनआन्दोलनमा तत्तकालिनन माओवादीले उठाएका कुरालाई सर्वस्वीकार्य गरेर अन्य राजनीतिक दलहरुले पनि साथ दिए । दिल्लीमा माओवादी, सरकार पक्ष विच १२ बुदेँ विस्तृत शान्ति सम्झौता भयो । देशमा चलिआएको २४० बर्षे लामो राजतन्त्रको अवशान भयो तर नागरिकले भने अधिकार पाउन सकेनन । देशमा लोकतन्त्र आएको ९ बर्षपछि मात्रै देशका संविधान भन्यो । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट प्राप्त भएको संविधान ६५ बर्ष लामो कालखण्डपछि नागरिकले संविधानसभाबाट पाएको संविधान हो ।

क्षिण एसियाकै उत्कृष्ठ संविधान जारी भएको भनि  राजनीतिक दलहरुले घोषणा गर्दै आइरहेता पनि संविधानमा उल्लेखित नागरिकका मौलिक हक, अधिकार संविधानको कागजमा मात्रै सिमित भएका छन् । राजनीतिक अस्थिरताले गर्दा संविधान जारी भएता पनि त्यसको कार्यान्वयनको पक्ष जटिल बन्दै गइरहेको छ ।

जसका कारण संविधान कार्यान्वयनमा आउनको लागि जटिलता पैदा भएको छ । संविधान जारी भएता पनि अझै सवै राजनीतिक दलहरुले सहमत जनाएका छैनन्  । मधेसी मोर्चाले मधेसका माग, हक अधिकार कुण्ठित गरी संविधान जारी गरिएको भन्दै संघर्ष गर्दै आइरहेको छ ।

संविधान दिवसलाई कालो दिनका रुपमा कालो झण्डा बोकेर विरोध गर्ने मोर्चाको तयारी भैरहेको छ भने एमालेले आफ्नै तरिकाबाट दिवस मनाउने औपचारी घोषणा गरेको छ । देशमा संविधान जारी भएता पनि संविधानको कार्यान्वयनको पक्ष अझै बाँकी छ । केहि कुराहरु लागु भैरहेका छन् तर कानून, हक अधिकार भने अझै पनि कार्यान्वयनमा आउन सकेको छैनन् ।

राजनीतिक दलहरुमा असमझदारी, शीर्ष नेतामा सत्ता स्वार्थका कारण संविधानमा उल्लेखित हक अधिकार नागरिकले प्रत्याभूति गर्न सकेका छैनन् । दलहरुविच संविधान कार्यान्वयनमा सहकार्य गर्न नसकेका कारण र मधेसीबादी दलहरु संविधानको विरुद्धमा लागेका कारण पनि संविधान जारी भएता पनि कार्यान्वयनको लागि जटिलता पैदा भएको छ । हिन्दुबादी राजनीतिक दलहरु हिन्दुराज्यको माग गरिराखेका छन् भने मधेसबादी दलहरु एक मधेस प्रदेशका कुरा गरिहेका छन् । अर्को तर्फ संघियले देश टुक्रिन्छ भन्नेहरु पनि छन् जसले संघियतामा किचलो बढाएका  छन् ।

संघियतामा किचलो

१० बर्षे जनयुद्ध र २०६३।६३ को जनआन्दोलन पछि देश संघिय गणतन्त्रमा प्रवेश ग¥यो । तर संघियतामा जानको लागि अझै पनि राजनीतिक दलहरु तयार नभएको देखिन्छ । स्थानिय तहको पुर्नसंरचना आयोगले देशभर ५६५ वटा गाउँ तथा नगरपालिकाको संख्या किटान गरेता पनिराजनीतिक दलहरु आआफ्नो पहुँचको आधारमा तहहरु निर्माण गर्नको लागि अघि बढिरहेका छन् ।

नेपाली काँग्रेसले स्थानिय तहको संरचना ९ सयको हाराहारीमा पु¥याउनुपर्ने माग राखेको छ भने नेकपा एमालले आयोगले तोकेको संख्यापनि धेरै भएको भन्दै घटाउनुपर्ने माग गरिराखेको छ । मधेसी मोर्चा र दलहरुले तराईलाई छुट्टै प्रदेश बनाउनुपर्ने माग राख्दै आइराखेका छन् भने जनमोर्चाले संघियताले देशलाई टुक्राउँछ भन्दै संघियताको विरोध गदै आइरहेको छ । 

प्रदेशको सिमांकनका विषयमा पनि विवाद छदैछ । मधेसी मोर्चाले एक मधेस एक प्रदेशको कुरा उठाएर सिमांकनका विषयमा चर्को विरोध गरेको छ । देशभर ६ प्रदेशको सिमांकन गरिएता पनि त्यसमा    विरोध त छदैछ त्यसमाथि नामांकनको विषय थाती छ ।

स्थानिय तहको पुर्नसंरचनामा पनि विभिन्न जिल्लामा विवाद देखिएको छ । आयोगले तोेकेको नीति भन्दा बाहिर रहेका कारण कतिपय जिल्लाका सिमांकनको प्रतिबेदन आयोगले अस्वीकृत गरेको छ भने धेरै जसो जिल्लामा अझै पनि स्थानिय तहको सिमांकनको विषयमा विवाद चुलिदै आएको छ । संविधान जारी भएको बर्षदिन पुग्दा पनि प्रदेशको नामांकन र स्थानीय तहको सिमांकनका विषयमा देखिएको विवादका कारण पनि प्रादेशिक संरचनामा देश जानको लागि अझै केहि समय लाग्ने देखिन्छ ।

औपचारिकताः सार्वाजनिक विदा

नेपाल सरकारले संविधान जारी भएको एक बर्ष पुग्दा पनि नागरिकलाई संविधानका अन्तरबस्तु     बारे अझै पनि खुलस्त रुपमा प्रस्ट पार्न सकेको छैन । जसका कारण पनि नागरिकहरु अझै पनि संविधानमा के के कुराहरु समावेश भएका छन् भन्ने दोधारमा छन् जसका कारण पनि बेलाबेलामा विरोध आइरहेका छन् ।

संविधान जारी भएपछि मात्रै दखेशमा हेर्ने हो भने तीन वटा सरकार परिर्वतन भयो तर अझै पनि संविधानका अन्तरबस्तुबारे राजनीतिक दलहरुमा देखिएको किचलो मिल्न सकेको छैन । जसले गर्दा पनि संविधान कार्यान्वयनमा संखा त छदै छ ऐतिहासिक दिन पनि एक औपचारिक रुपमा मात्रै सिमित हुन पुगेको देखिन्छ । शीर्ष दलहरु सत्ता केन्द्रित राजनीतिमा लाग्नाले संविधानको औचित्य   औपचारिकतामा मात्रै सिमित  छ ।

संविधानमा भएका हक अधिकारको बारेमा नागरिकलाई जानकारी गराई संविधानमा उल्लेखित नीति नियम र कानून लागु गर्नको लागि सरकार गम्भिर भएर लाग्न सकेको छैन । स्थानिय निकायको निर्वाचन तह गत रुपमा सरकारले तीन वटा चुनाब गर्नपर्नेछ तर पनि अझै दलहरु सत्ता केन्द्रित भएका कारण समस्या बढेको छ जसले गर्दा पनि ऐतिहासिक पहिलो संविधान दिवस औपचारिकतामा मात्रै सिमित देखिन्छ ।

संविधान पाउनको लागि गणतन्त्र जारी भएपछि ९ बर्ष     कुरेका नेपाली अब संविधान कार्यान्वयनको चरणमा पुग्नको लागि पनि ९ बर्षनै कुर्नुपर्ने त हैन भन्ने भान भएको छ । राजनीतिक दलहरुमा जिम्मेवारीता बोध हुन जरुरी छ । शीर्ष नेताहरु तथा दलहरु संविधान कार्यान्वयनको लागि चुक्न हुदैन । प्रादेशिक संरचना , स्थानिय तहको पुर्नसंरचना र चुनाव तत्काल सरकारले गरी नागरिकलाई संविधान कार्यान्वयनको चरणमा लागेको महसुस गराउन आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट