माघ ६, काठमाडौँ | उपसभामुखमा सत्ता गठबन्धनबाट उमेदवारी दर्ता गराएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाले आफू सडकमा कराइराख्ने भुईंमान्छे भएको बताएकी छन् । उपसभामुखमा उमेदवारी दर्ता पछि संचारकर्मीसँग कुरा गर्दै रानाले पार्टी र गठबन्धनको साथ पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
“सडकमा कराइराख्ने भुईंमान्छे हुँ । पार्टी र गठबन्धनबाट साथ पाएकी छु,” रानाले भनिन्, “जनताको हितमा निर्णायक भूमिका खेल्नेछु ।”