११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुस्ती खेलाडीको पीडाः ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’

८ माघ २०७९, आईतवार १०:२४

माघ ८, काठमाडौँ | वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि  साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए ।

पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले  विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँगृुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ । पछिल्लो राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा समेत पदक विजेता यहाँका कुस्ती खेलाडीको प्रशिक्षणका लागि बनाउन सुरु गरिएको कुस्ती हल दुई वर्षदेखि अलपत्र छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले हरेक वर्ष उपलब्ध गराएको रु ६० लाखबाट दुई वर्षअघि जग हाल्ने काम जिल्ला खेलकुद समितिले गरे पनि अहिलेसम्म निर्माण अलपत्र छ ।


“अब यो वर्षको अन्तिमतिर रकम आए त्यो हल बनाएर खेलाडीको प्रशिक्षणका लागि सहज हुने थियो भन्ने आशामा छौँ ।” कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो–“खेलकुदको हल साघुँरो हुँदा जुनियर खेलाडीलाई सिनियरसित राखेर प्रशिक्षण गराउन सक्ने अवस्था  छैन् ।”

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ । साग प्रतियोगितामा पहिलो पटक महिलातर्फ कुस्तीमा स्वर्ण जित्ने खेलाडी सङ्गीता धामी पनि कञ्चनपुरकै हुनुहुन्छ ।“आठ÷दश खेलाडीभन्दा बढीलाई हलमा प्रशिक्षण गराउन सकिँदैन ।” उहाँले भन्नुभयो,“अझ गर्मी याममा त हलमा खेलाडीलाई प्रशिक्षण गराउनै हम्मेहम्मे हुन्छ ।”

प्रशिक्षक चन्दले दुई वर्षअघि प्रदेशबाट आएको रकमबाट केही रकम कुस्तीको हल बनाउन जगलगायत संरचना निर्माणमा खर्चिएको बताउनुभयो । ।“बीस÷बाइस प्रशिक्षार्थी प्रशिक्षणका लागि आउँथे हलकै कारण समस्या हुने गरेको छ ।” उहाँले भन्नुभयो, “खेलकुदको साँघुरो हल प्रयोग गरेको बाह्र÷पन्ध्र वर्ष भइसक्यो ।”

कुस्ती खेलमा सुदूरपश्चिमले आठौंँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता यता खासगरी महिलातर्फ मुलुकमै उत्कृष्ठ नतिजा यहाँका खेलाडीले प्रदर्शन गर्दै आएका छन् । “हाल सानो हुँदा म्याटको कभर ल्याएर प्रशिक्षण गराउन सकिँदैन ।” प्रशिक्षक चन्दले भन्नुभयो–“ बढी पदक दिलाउने खेलाडीले प्रशिक्षणका लागि हलसम्म नपाउनु दुखःद विषय हो ।”

नवौँ राष्ट्रिय प्रतियोगिताका लागि महेन्द्रनगरमा प्रदेशस्तरीय कुस्ती छनोट हुँदा तेक्वान्दो हलमा गरिएको थियो ।

कुस्तीमा पहिलो पटक नवौंँ राष्ट्रिय प्रतियोगितामा डेब्यूमै स्वर्ण प्राप्त गर्नुभएकी हेमा भट्टले प्रशिक्षणका लागि आवश्यक कुनै संरचना नै नभएको दुःखेसो गर्नुभयो ।“सबैसँगै प्रशिक्षणमा जुट्यो भने हलमा समस्या नै हुन्छ ।” उहाँले भन्नुभयो–“चेञ्जिङ रुमदेखि जिम सामग्रीसम्मको अभाव छ तर  हल, म्याट, जिम सामग्रीलगायत आवश्यक सामग्री र पूर्वाधार भए कुस्तीले अझ बढी फड्को मार्न सक्थ्योे ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह