2026-06-19 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुस्ती खेलाडीको पीडाः ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’

माघ ८, काठमाडौँ | वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि  साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए ।

पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले  विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँगृुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ । पछिल्लो राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा समेत पदक विजेता यहाँका कुस्ती खेलाडीको प्रशिक्षणका लागि बनाउन सुरु गरिएको कुस्ती हल दुई वर्षदेखि अलपत्र छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले हरेक वर्ष उपलब्ध गराएको रु ६० लाखबाट दुई वर्षअघि जग हाल्ने काम जिल्ला खेलकुद समितिले गरे पनि अहिलेसम्म निर्माण अलपत्र छ ।


“अब यो वर्षको अन्तिमतिर रकम आए त्यो हल बनाएर खेलाडीको प्रशिक्षणका लागि सहज हुने थियो भन्ने आशामा छौँ ।” कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो–“खेलकुदको हल साघुँरो हुँदा जुनियर खेलाडीलाई सिनियरसित राखेर प्रशिक्षण गराउन सक्ने अवस्था  छैन् ।”

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ । साग प्रतियोगितामा पहिलो पटक महिलातर्फ कुस्तीमा स्वर्ण जित्ने खेलाडी सङ्गीता धामी पनि कञ्चनपुरकै हुनुहुन्छ ।“आठ÷दश खेलाडीभन्दा बढीलाई हलमा प्रशिक्षण गराउन सकिँदैन ।” उहाँले भन्नुभयो,“अझ गर्मी याममा त हलमा खेलाडीलाई प्रशिक्षण गराउनै हम्मेहम्मे हुन्छ ।”

प्रशिक्षक चन्दले दुई वर्षअघि प्रदेशबाट आएको रकमबाट केही रकम कुस्तीको हल बनाउन जगलगायत संरचना निर्माणमा खर्चिएको बताउनुभयो । ।“बीस÷बाइस प्रशिक्षार्थी प्रशिक्षणका लागि आउँथे हलकै कारण समस्या हुने गरेको छ ।” उहाँले भन्नुभयो, “खेलकुदको साँघुरो हल प्रयोग गरेको बाह्र÷पन्ध्र वर्ष भइसक्यो ।”

कुस्ती खेलमा सुदूरपश्चिमले आठौंँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता यता खासगरी महिलातर्फ मुलुकमै उत्कृष्ठ नतिजा यहाँका खेलाडीले प्रदर्शन गर्दै आएका छन् । “हाल सानो हुँदा म्याटको कभर ल्याएर प्रशिक्षण गराउन सकिँदैन ।” प्रशिक्षक चन्दले भन्नुभयो–“ बढी पदक दिलाउने खेलाडीले प्रशिक्षणका लागि हलसम्म नपाउनु दुखःद विषय हो ।”

नवौँ राष्ट्रिय प्रतियोगिताका लागि महेन्द्रनगरमा प्रदेशस्तरीय कुस्ती छनोट हुँदा तेक्वान्दो हलमा गरिएको थियो ।

कुस्तीमा पहिलो पटक नवौंँ राष्ट्रिय प्रतियोगितामा डेब्यूमै स्वर्ण प्राप्त गर्नुभएकी हेमा भट्टले प्रशिक्षणका लागि आवश्यक कुनै संरचना नै नभएको दुःखेसो गर्नुभयो ।“सबैसँगै प्रशिक्षणमा जुट्यो भने हलमा समस्या नै हुन्छ ।” उहाँले भन्नुभयो–“चेञ्जिङ रुमदेखि जिम सामग्रीसम्मको अभाव छ तर  हल, म्याट, जिम सामग्रीलगायत आवश्यक सामग्री र पूर्वाधार भए कुस्तीले अझ बढी फड्को मार्न सक्थ्योे ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ