2026-06-19 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड–माधव नेपाल एकताको पहल : गम्भीर ढंगले अगाडि बढ्यो दुई पार्टीबीच वार्ता

माघ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच औपचारिक संवाद शुरू भएको छ । दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच आइतवारबाट औपचारिक वार्ता शुरू भएको हो । 

उपाध्यक्ष कृष्णबहादुर महरा संयोजकत्वको माओवादी वार्ता टोली र महासचिव डा. बेदुराम भुसाल संयोजकत्वको एकीकृत समाजवादीको टोलीबीच आइतवार पहिलो औपचारिक वार्ता भएको हो । वार्ता टोलीको सदस्य रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सके पार्टी एकता नभए कार्यगत एकता गर्ने गरी छलफल शुरू भएको जानकारी दिए । 


‘वामपन्थी र समाजवादी शक्तिबीच सहकार्य र पार्टी एकता गर्ने गरी दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच औपचारिक र गम्भीर ढंगले छलफल शुरू भएको छ,’ ज्वालाले भने, ‘हामी निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्छौ ।’

वार्ता टोलीमा माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल र शक्ति बस्नेत तथा एकीकृत समाजवादीका तर्फबाट ज्वाला र विजय पौडेल सदस्य छन् । वार्ता टोलीको तहमा सहमति भएपछि शीर्ष तहमा छलफल हुने नेताहरूले बताए । यही वार्ता टोलीले एमाले परित्याग गरेका घनश्याम भुसाललाई एकीकृत समाजवादीमा भित्र्याएको थियो । माओवादीसँग पार्टी एकतासम्मको लक्ष्य राखेर छलफल गरिएको ज्वालाले बताए ।

‘सम्भव भए पार्टी एकता गर्छौं, नभए पनि समाजवादी केन्द्र बनाएर कार्यगत एकताको समझदारी गर्छौं,’ उनले भने । समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेत समेट्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पहिलो दिनको छलफलमा वैचारिक राजनीतिक विषय र पार्टीका दस्तावेज आदानप्रदान भएका छन् । आजभोलिमै पुनः दोस्रो चरणको छलफल गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो