११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड–माधव नेपाल एकताको पहल : गम्भीर ढंगले अगाडि बढ्यो दुई पार्टीबीच वार्ता

९ माघ २०७९, सोमबार ०८:४४

माघ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच औपचारिक संवाद शुरू भएको छ । दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच आइतवारबाट औपचारिक वार्ता शुरू भएको हो । 

उपाध्यक्ष कृष्णबहादुर महरा संयोजकत्वको माओवादी वार्ता टोली र महासचिव डा. बेदुराम भुसाल संयोजकत्वको एकीकृत समाजवादीको टोलीबीच आइतवार पहिलो औपचारिक वार्ता भएको हो । वार्ता टोलीको सदस्य रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सके पार्टी एकता नभए कार्यगत एकता गर्ने गरी छलफल शुरू भएको जानकारी दिए । 


‘वामपन्थी र समाजवादी शक्तिबीच सहकार्य र पार्टी एकता गर्ने गरी दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच औपचारिक र गम्भीर ढंगले छलफल शुरू भएको छ,’ ज्वालाले भने, ‘हामी निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्छौ ।’

वार्ता टोलीमा माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल र शक्ति बस्नेत तथा एकीकृत समाजवादीका तर्फबाट ज्वाला र विजय पौडेल सदस्य छन् । वार्ता टोलीको तहमा सहमति भएपछि शीर्ष तहमा छलफल हुने नेताहरूले बताए । यही वार्ता टोलीले एमाले परित्याग गरेका घनश्याम भुसाललाई एकीकृत समाजवादीमा भित्र्याएको थियो । माओवादीसँग पार्टी एकतासम्मको लक्ष्य राखेर छलफल गरिएको ज्वालाले बताए ।

‘सम्भव भए पार्टी एकता गर्छौं, नभए पनि समाजवादी केन्द्र बनाएर कार्यगत एकताको समझदारी गर्छौं,’ उनले भने । समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेत समेट्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पहिलो दिनको छलफलमा वैचारिक राजनीतिक विषय र पार्टीका दस्तावेज आदानप्रदान भएका छन् । आजभोलिमै पुनः दोस्रो चरणको छलफल गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से