११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गर्न सुन्दरमणि दिक्षितको माग

९ माघ २०७९, सोमबार ०९:०६

माघ ९, काठमाडौँ | नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । दिक्षितले गृहमन्त्री लामिछाने आँफै नागरिकताको विषयमा विवादमा फसेको र अदालतमा मुद्दा विचाराधिन भएको अवस्थामा गृहमन्त्री बन्नु गलत भएको तर्क गरे ।

आज (सोमबार) राति प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो माग गरेका हुन् । उनले गृहमन्त्री आँफैले बुझेर राजीनामा दिँदा राम्रो हुने तर्क गरेका छन् । तर, गृहमन्त्री लामिछानेले राजीनामा दिए प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उनलाई बर्खास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्–‘प्रधानमन्त्रीले तत्काल गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । उहाँलाई पदमा बस्ने नैतिक अधिकार छैन् । नहटाए प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न उठ्छ ।’ दिक्षितले राप्रपा र रास्वपा सरकारमा सहभागी भएर गम्भीर गल्ती गरेको पनि टिप्पणी गरेका छन् । उनले भने,‘रवि र राजेन्द्र सरकारमा गएर महाभूल गरे । मैले रास्वपालाई मतदान गरें । म अहिले पछुताईरहेको छु ।’ उनले विक्रम पाण्डे र डिपी अर्यालजस्ता विवादित व्यक्ति मन्त्री बन्नुपनि गलत भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से