११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म नराम्रो गर्दै गर्दिनँ, नराम्रो गर्‍याे भन्ने कुरा तपाईंहरूले सुन्नु पर्दैन: ऊर्जामन्त्री लिङ्देन

९ माघ २०७९, सोमबार ०९:४५

माघ ९, काठमाडौँ | उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन् ।

‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने आफ्नो नारालाई व्यवहार उतार्ने मन्त्री लिङ्देनले प्रतिवद्धता व्यक्त गरे।

सोमबार झापाको अर्जुनधारा १ साधुटारमा रहेको शंकराचार्यपीठको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले भ्रष्टाचार नगर्ने आफ्नो वाचा पूरा गर्न अग्निपरीक्षामा होमिएको बताए।


‘मैले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दा कतिपयले प्रशंसा गरे। कतिले ‘नपाइन्जेल त हो नि’ पनि भने। तर मैले पाएपछि म भ्रष्टाचार गर्दिनँ भनेर देखाउन अग्निपरीक्षामा होमिएको हुँ’, उनले भने।

सरकारमा जाने मान्छेलाई राम्रो नमानेको सन्दर्भमा आफूले सरकारमा गएर काम गरेर देखाउने अठोट गरेको उनले बताए। हजारौँले सरकारमा अहिले जानु हुँदैन भनेको तर मैले गरेर देखाउने मौका यो पनि हाे भनेर सरकारमा गएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री लिङ्देनले आफूले उठाएको हिन्दुत्वको मुद्दा झन् बलियो बनाउने बताए।

उनले भने, ‘म जति गर्नसक्छु, गर्छु। नराम्रो गर्दै गर्दिनँ। नराम्रो गर्‍याे भन्ने कुरा तपाईंहरूले सुन्नु पर्दैन।’

आफू जुन-जुन कार्यक्रममा सहभागी भए पनि हिन्दुत्वसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी मिल्ने लिङ्देनकाे भनाइ छ।

उनले भने, ‘मन्त्रालयको जिम्मा पाएपछि पहिलो पटक आफ्नो जिल्ला झापा आएँ। धेरै कार्यक्रममा सहभागी भएँ। आज म यहाँ आउँदा ज्यादै आनन्दित छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से