२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायुसेवा निगमका हाकिम भन्छन्- ‘३ वटा जहाज किन्न सक्षम छौँ, निर्देशन चाहियाे’

२०७९, ९ माघ सोमबार १०:४३

माघ ९, काठमाडौँ | नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताउनुभएको छ ।

सोमवार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताउनुभएको हो ।


वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको भन्दै उहाँले निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायीत्व पूरा गर्नुपर्ने बताउनु भयो । निगमको आफैले जहाज किन्नसक्ने भएकाले निगम आन्तरिक उडानको लागि जहाज थप्ने तयारीमा रहेको भन्दै सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको बताउनु भयो । उहाँले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र निगमको सुधारमा तिब्रता ल्याउनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाएर लैजाने कार्ययोजनाहरु रहेका छन् । जुन मन्त्रीज्युलाई र मन्त्रालयलाई प्रश्तुत गरेर अगाडि बढ्छौं । निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा आन्तरिक उडानको लागि विमान (एयरक्याफ्ट) हरु थप गर्नुपर्छ । नेपाल वायुसेवा निगमको नेपाली जनतालाई सुरक्षित सेवा दिने कतव्र्य हो । निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायीत्व पूरा गर्नुपर्छ । निगमले आन्तरिक रुपमा पर्यटन विकास गर्ने भुमिका निर्वाह गरेको छ । निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण पनि गर्छ । निगम आन्तरिक उडानको लागि जहाज थप पर्ने तयारीमा छ ।’

निगमको आर्थिक अवस्था हेर्दा ३ वटासम्म जहाज किन्न सक्षम रहेकाे भन्दै उहाँले सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न तयार रहेकाे बताउनुभयाे । ‘वित्तीय पुनःसंरचना गरी निगमको आमुल परिवर्तन हुनसक्ने अवस्था छैन । त्यसको लागि निगमले केही कार्ययोजनाहरु तयार गरेको छ । सञ्चालक समिति र मन्त्रालयमा पेस गरिसकिएको छ । निगमको ११ प्रतिशतको ब्याज तिरेको छ त्यसमा सस्तो ब्याजदरको पैसा जोहो गर्ने तयारी छ । हाम्रो अर्को प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र गुनासो सुन्ने हो । निगमको सुधारमा तिब्रता ल्याउनेछौं । राज्यले पनि राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय देशहरुले पनि राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न काम गरिरहेका छन्,’ उहाँले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से