2026-06-19 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाई तस्करीको अभियोगमा भारतीय युवकलाई आजीवन कारावासको सजाय

माघ ९, काठमाडौँ | भारतमा गाई तस्करीको अभियोगमा एकजना युवकलाई आजीवन कारावासको सजाय सुनाइएको छ । गुजरातको तापी अदालतले गाई तस्करीको अभियोगमा दोषी ठहर गर्दै २२ वर्षीय मोहम्मद आमीन आरिफलाई आजीवन कारावासको सजाय सुनाएको हो ।


तापीको सेसन कोर्टले गाई तस्करीको अभियोगमा सजाय सुनाउँदै भनेको छ – 'गाई हत्या बन्द भयो भने पृथ्वीको सबै समस्या समाधान हुनेछ ।' उक्त मामिलामा अदालतले कयौँ संस्कृतका श्लोक पनि उद्धरण गरेको थियो ।

अदालतले फैसलामा भनेको छ – धर्म गाईबाट उत्पन्न हुन्छ, किनभने धर्म वृषभका रूपमा हुन्छ । गाईको बाच्छोलाई वृषभ भनिन्छ । अदालतका न्यायाधीश एसवी व्यासले गाईको गोबरबाट निर्मित घरमा परमाणु विकिरणको असर नहुने बताएका छन् । उनका अनुसार गहुँतको सेवनबाट कतिपय गम्भीर रोगहरू पनि निको हुन्छन् ।

फैसलामा गाईको तस्करी तथा हत्याका घटनालाई समाजको लज्जाको विषयका रूपमा उल्लेख गरिएको छ । न्यायाधीशले फैसलामा गाईलाई केवल पशु मात्र नभई एक आमाको दर्जा दिएका छन् । उनले गाईलाई ६८ करोड पवित्र स्थल तथा ३३ कोटी देवताको जीवित ग्रहसमेत भनेका छन् । सन् २०२० जुलाइमा प्रहरीले एक ट्रकबाट १६ भन्दा बढी गाईहरू बरामद गरेको थियो । उक्त मुद्दामा मोहम्मदलाई पक्राउ गरिएको थियो । उनीविरुद्ध अदालतमा आरोप पुष्टि भएपछि अदालतले फैसला सुनाएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो