११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेले आफू सभामुख हुँदा दु:खद अनुभव यसरी सुनाए

१० माघ २०७९, मंगलवार ०८:३४

माघ १०, काठमाडौँ | नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभामुख हुँदा संसद विघटनको स्मरण गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख तथा उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै बरिष्ठ नेता पौडेलले आफ्नो कार्यकालमा संसद विगठन हुँदा गम्भीर चुनौतीको सामना गर्नुपरेको अनुभव सुनाए। 


सदनमा प्रतिपक्षमा सहिष्णुता नहुँदा त्‍यतिबेला संसद विघटन भएको तीतो अनुभव सुनाए। उनले यसरी संसद विघटनको बेलिबिस्तार लगाए।

'संसद विघटनको कुरा आयो। विघटन भइदियो। बहुमतले अविश्वासको मत पेश गरिसकेपछि संसद विघटन भयो। मुद्दा अदालतमा गयो। अदालतले यो विघटनलाई खारेज गरिदियो। त्यतिखेरको प्रतिपक्षमा सहिष्णुणताको ज्यादै कमी देखियो। प्रधानन्यायाधीशलाई नै महाभियोगको प्रस्ताव आइदियो। मेरो अगाडि गम्भीर चुनौती  आयो। संविधानले भन्छ मुद्दा मामिलामा अदालतको निर्णय सबैले मान्नुपर्छ। अदालतको निर्णय सबैले मान्नुपर्छ भन्दाभन्दै अदालत र प्रधानन्यायाधीशलाई महाभियोग आएपछि मलाई वास्तवमा सभामुखको हैसियतले संसदको व्यवस्‍थापन गर्नु मात्रै महत्वपूर्ण थिएन देशको संविधानको रक्षा  गर्नु  थियो। भरखर आएको लोकतान्त्रिक प्रकियाको रक्षा गर्नु थियो।'

नेता पौडेलले सभामुखको जिम्मेवारी अति चुनौतीपूर्ण  रहेको भन्दै पक्ष र विपक्षमा सन्तुलन मिलाएर लैजानुपर्ने बताए। उनले भने,' कहिलेकाही अतिरञ्जजित कुरा आउँछन्। त्यसको पनि सभामुखले सन्तुलन कायम गर्न सक्नुपर्छ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह