2026-06-19 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेले आफू सभामुख हुँदा दु:खद अनुभव यसरी सुनाए

माघ १०, काठमाडौँ | नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभामुख हुँदा संसद विघटनको स्मरण गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख तथा उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै बरिष्ठ नेता पौडेलले आफ्नो कार्यकालमा संसद विगठन हुँदा गम्भीर चुनौतीको सामना गर्नुपरेको अनुभव सुनाए। 


सदनमा प्रतिपक्षमा सहिष्णुता नहुँदा त्‍यतिबेला संसद विघटन भएको तीतो अनुभव सुनाए। उनले यसरी संसद विघटनको बेलिबिस्तार लगाए।

'संसद विघटनको कुरा आयो। विघटन भइदियो। बहुमतले अविश्वासको मत पेश गरिसकेपछि संसद विघटन भयो। मुद्दा अदालतमा गयो। अदालतले यो विघटनलाई खारेज गरिदियो। त्यतिखेरको प्रतिपक्षमा सहिष्णुणताको ज्यादै कमी देखियो। प्रधानन्यायाधीशलाई नै महाभियोगको प्रस्ताव आइदियो। मेरो अगाडि गम्भीर चुनौती  आयो। संविधानले भन्छ मुद्दा मामिलामा अदालतको निर्णय सबैले मान्नुपर्छ। अदालतको निर्णय सबैले मान्नुपर्छ भन्दाभन्दै अदालत र प्रधानन्यायाधीशलाई महाभियोग आएपछि मलाई वास्तवमा सभामुखको हैसियतले संसदको व्यवस्‍थापन गर्नु मात्रै महत्वपूर्ण थिएन देशको संविधानको रक्षा  गर्नु  थियो। भरखर आएको लोकतान्त्रिक प्रकियाको रक्षा गर्नु थियो।'

नेता पौडेलले सभामुखको जिम्मेवारी अति चुनौतीपूर्ण  रहेको भन्दै पक्ष र विपक्षमा सन्तुलन मिलाएर लैजानुपर्ने बताए। उनले भने,' कहिलेकाही अतिरञ्जजित कुरा आउँछन्। त्यसको पनि सभामुखले सन्तुलन कायम गर्न सक्नुपर्छ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो