२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय दिने भाका नाघ्यो, अब के गर्लान् सीके राउत ?

१० माघ २०७९, मंगलवार ०८:५९

माघ १०, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिइने मन्त्रालयको बारेमा अझै टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष राउतको पार्टीले पाउने मन्त्रालयबारे सोमबारसम्म टुंगो लगाउने बचन दिएका थिए । तर आज मंगलबारसम्म मन्त्रालयको टुंगो लाग्न नसकेको हो । सत्ता साझेदार दलमा मन्त्रालय भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको छ । तर, सुरुमा भएको उद्योग मन्त्रालय दिने सहमति उलंघन भएकाले त्यसलाई अस्वीकार गर्ने जनमत पार्टीले बताउँदै आएको छ । 


जनमत पार्टीले उद्योग मन्त्रालय नदिने हो भने खानेपानीसँगै थप एउटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्ड वन मन्त्रालय दिन सकारात्मक पनि भएका थिए ।  तर यहीबीचमा जसपाले पनि सरकारमा सहभागी हुने संकेत देखाएपछि प्रधानमन्त्री प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् । जनमतले मागेको उद्योग मन्त्रालय हाल एमालेको भागमा परेको छ । जुन मन्त्रालय जनमतलाई दिन एमाले तयार भए आफूलाई कुनै आपत्ति नहुने प्रधानमन्त्री प्रचण्डले भनेको जनमत पार्टीका एक नेताले बताए । हाल वन तथा वातावरण मन्त्रालय एमालेले लिएर उद्योग मन्त्रालय जनमतलाई दिने गरी छलफल अगाडि बढेको बताइएको छ । 

जनमत पार्टीले मन्त्रालयको विषयमा अझै एक दुई दिन कुर्ने भनेको छ । त्यसपछि पनि सहमति नभए सरकारमा रहने वा नरहने भन्नेबारेमा पार्टीमा छलफल गर्ने उपाध्यक्ष दीपक साहले बताए । उनले भने, ‘हामीलाई सरकारमै रहनु पर्छ भन्ने केही छैन, हामीले काम गर्नका लागि राम्रो मन्त्रालय खोजेका हौं । यदि राम्रो मन्त्रालय पाएनौँ भने हामी सरकारमा रहँदैनौँ ।’ माग पुरा नभएमा सरकारमा बसिरहन कुनै बाध्यता नरहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत