११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदका छोराछोरिलाई सरकारी स्कुलमा पढाउने कानुन बनाउँ, तब मात्रै सुधार हुन्छ: ज्ञानेन्द्र शाही

१० माघ २०७९, मंगलवार ०९:५१

माघ १०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक भएको भन्ने गरे पनि पहल नचालिएको बताएका छन्।

मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद शाहीले सांसदहरूका छोराछोरीको पढाइ सरकारी स्कुलमा भएमा मात्रै शैक्षिक क्षेत्रको विकास हुने बताएका छन्।


यस्तै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि समेत सांसदका छोराछोरीको उपचार सरकारी अस्पतालमा गर्ने नीति ल्याएपछि मात्रै स्वास्थ्य क्षेत्र समेत सुधार हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,'म आज दावाका साथ भन्न चाहन्छु सम्माननीय माननीय ज्युका पुत्र छोरा छोरिलाई नेपालको सरकारी स्कुलमा पढाऊँ अबदेखि, आजबाट नीति लागु गरौँ, तब मात्र नेपालको विद्यालय सुध्रिन्छ। '

यस्तै उनले अघि भनेका छन्, 'आज हरेक माननीयको विदेशमा हैन, नेपालमा उपचार गराऊँ। हरेक माननीयका सन्तानहरूलाई सरकारी अस्पतालमा मात्र उपचार गर्ने आज कानुन बनाऊँ यहीँ सदनबाट तब मात्र स्वास्थ्य अवस्था सुधार हुन्छ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से