११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा

११ माघ २०७९, बुधबार ०३:३६

माघ ११, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र  विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्ने छन् । कार्यालयका समस्या र सेवा प्रवाहमा अपनाएका अभ्यासबारे विचार विनिमय गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको सचिव डा दामोदर रेग्मीले बताउनुभयो । कार्यक्रमले जिल्लाका कर्मचारीले सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्दै सेवा प्रवाहमा समन्वय र समस्या समाधान गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

नापी र मालपोत प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरिँदा ती निकायबाट सम्पादन हुने कार्यमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ । जनतासँग प्रत्यक्ष सरोकार रहेका सबै कार्यालयलाई सदाचारितातर्फ उत्प्रेरित हुन यस कार्यक्रमले सहयोग पुगेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख निराजन घिमिरेले बताउनुभयो ।

नापी विभागका महानिर्देशक जनकराज जोशीले नापी र मालपोत कार्यालयका सेवा प्रवाहका दैनिक काम गुनासोरहित तवरबाट सम्पन्न गर्न कार्यालय प्रमुख दत्तचित्त हुनुपर्ने बताउनुभयो । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले भूमि प्रशासनको कामलाई झन्झटमुक्त बनाउनु सबैको दायित्व भएकाले केन्द्र यसका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो ।

यसैबीच नापी र मालपोत कार्यालय एकीकरण तथा लेखापढी व्यवसायी सदाचार भएमा सेवाग्राहीले ती कार्यालयबाट प्रदान गरिने सेवा सहज, सर्वसुलभ र सरल हुने सुझाव दिएका छन् । मालपोत र नापीबाट हुने सेवा प्रवाहमा गुनासो बढिरहेकाले त्यसमा सुधार ल्याई चुस्तदुरुस्त र गुनासोरहित वनाउन आकस्मिक निरीक्षण  र कार्यालयको प्रतिवेदन प्रणालीलाइ व्यवस्थित तुल्याउन आवश्यक रहेको उहाँहरूको भनाइ छ ।

कार्यालयको सेवा प्रवाहमा सुधार, अभिलेख व्यवस्थापन व्यवस्थित, हेल्पडेस्क सेवाग्राहीमैत्री,  मालपोत र नापी कार्यालयको समन्वय भएमा सेवा लिनका लागि अतिरिक्त रकम बुझाउनुपर्ने प्रवृत्ति अन्त्य हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु