११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

११ माघ २०७९, बुधबार ०६:०२

माघ ११, काठमाडौँ । वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुने भएको छ। ११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

मंगलबार १४ मन्त्रालयमा ३ वटा मन्त्रालय कटौती गरेर ११ वटा कायम गर्ने प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। जसअनुसार ११ मन्त्रालयमा सत्तारुढ गठबन्धन मध्यको सबैभन्दा ठुलो दल नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीलेले ३ मन्त्रालय पाउने भएका छन्। सोही भागबन्डा अनुसार नेकपा एमालेबाट वाग्मती प्रदेशको चार जना मन्त्रीको नाम ‘फाइनल’ भएको छ।


एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र काठमाडौंका केशव पोखरेल पशुपन्छी तथा कृषि मन्त्री बन्ने भएका छन्। एमालेका संसदीय दलका नेता चितवनका जगन्नाथ थपलिया यस अघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।

यसैगरि, माओवादी केन्द्रबाट सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री, सिन्धुलीका गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री र मकवानपुरकी कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने टुंगो लागेको माओवादीका सांसद युवराज दुलालले बताए। गठबन्धनमा वाग्मतीमा मुख्यमन्त्री आलोपालो गरि पहिला माओवादीले पाउने सहमति भएको थियो। जस अनुसार शालिकराम जम्मकट्टेल मुख्यमन्त्री भईसकेका छन्।

जम्मकट्टेलसँगै शपथ लिएका राप्रपाका संसदीय दलका नेता उद्धव थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यसैगरि पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएका छन्। राप्रपाले भने मन्त्री बन्ने दुईजनाको नाम अझै सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से