2026-06-19 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुस्ता बचाउ अभियन्ता गुरुङको निधन

माघ ११ , काठमाडौं । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ। मष्तिष्क घात भइ गत पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेजमा उपचारार्थ ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको हो। 


भारतद्वारा पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाइमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो। नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि भारतद्धारा हुँदै आएको पटक पटकको अतिक्रमण कार्य रोकिनु पर्ने, अतिक्रमति भूमि फिर्ता हुनुपर्ने र स्थायी सीमा स्तम्भ स्थापनाको माग राख्दै सरकारलाई दबाब दिंदै आएका थिए।  

आर्थिक अवस्था कमजोर रहेका उनको उपचारका लागि बुटवल र नवलपरासीमा अभियान सञ्चालन गरिएको थियो। उपचारमा हालसम्म करिब ७ लाख बढी खर्च भएको परिवारजनले जनाएको छ। सरसपाटबाट लिइएको रकम अस्पताललाई तिरेर शव घर ल्याइएको परिवारजनले जनाएको छ। गुरुङका श्रीमती, २ छोरी र १ छोरा छन्।

सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो। १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ। अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए। १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भनेर दाबी गरेपछि अहिले सो क्षेत्र कसैले पनि भोगचलन नगरेको जयसवालले बताए। 

सुस्ता गाउँपालिका– ५ मा पर्ने नारायणी नदी पारिको सुस्ता गाउँमा हाल ३२५ घरधुरीमा ३२ सय जनसंख्याको बसोबास छ। नारायणी नदीबाट डुंगा चढेर जानुपर्ने सुस्तालाई तीन तिरबाट भारतीय भूमिले घेरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो