2026-06-19 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवाग्राही नहुँदा कार्यालय कुर्ने मात्रै काम

माघ १२, मनाङ | यहाँ बुधबारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । यहाँका बासिन्दा जाडो छल्न मनाङको बेंसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले यहाँका कार्यालयबाट सेवा लिने सेवाग्राही नै हुँदैनन् । हिउँ ढिलागरी परे पनि यहाँका कार्यालयका कर्मचारी जिल्लामा नै बस्नुपरेको छ ।  

सेवाग्राही जिल्लामा नहुँदा यहाँका कर्मचारीलाई कार्यालय कुर्ने मात्रै काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताउनुभयो । “यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर गएका छन्, त्यसैले अधिकांश कार्यालयमा सेवाग्राही आउने कुरा भएन”, विष्टले भन्नुभयो, “कार्यालय कुर्ने मात्रै काम भएको छ ।”

चिसोले गर्दा यहाँका विकास योजनाका काम सबै ठप्प छन् । केही स्थानमा विकास निर्माणका काम आंशिकरुपमा भइरहेकाले अनुगमनलगायतका कार्य भने गरिरहेको उहाँले बताउनुभयो । 

मनाङमा हिउँ पर्नुपर्ने भए पनि अहिलेसम्म पर्याप्त मात्रामा परेको छैन । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्लापास गर्न यहाँ बाह्य पर्यटक आउनेक्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । 

“हिउँ पर्दा आन्तरिक पर्यटक बढ्थे, हिउँ नपरे पनि यहाँ दैनिकजसो बाह्य पर्यटक आइरहेका छन्, जसले गर्दा यहाँ बसेर सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीको भिडभाड नभए पनि सेवा दिइरहेको गौतमले बताउनुभयो । 

सेवाग्राही नहुँदा अहिले यहाँ कुनै कार्यक्रम भएका छैनन् । विकास निर्माण ठप्प छ । काम नभएपछि भुक्तानीका काम पनि ठप्प जस्तै रहेको यहाँका कर्मचारी बताउँछन् । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले कामको चाप नभए पनि सेवाग्राहीबाहेक अन्य प्रशासनिक कार्य गरिरहेको बताउनुभयो । “अहिले यहाँ कामको चाप त छैन, तर अन्य कार्य हेर्ने समय पाएको छु”, ढुङ्गेलले भन्नुभयो, “यहाँ सेवाग्राही फर्किन थालेपछि कार्यालयमा कामको चाप बढ्नेछ ।”

बुधबार मात्रै आंशिकरुपमा माथिल्लो मनाङमा हिमपात भएको उहाँले बताउनुभयो । हालसम्म आवश्यकमात्रामा जिल्लामा हिमपात भने भएको छैन । यस वर्ष हिउँ ढिला गरी पर्ने देखिएको छ । हिउँ ढिला पर्दा मनाङवासी ढिला गरी जिल्ला फर्किने सम्भावना बढेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ