\असोज ४, काठमाडौं | सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

\असोज ४, काठमाडौं | सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिए"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकल कलेजहरूको अर्को बेइमानी– प्रवेश परीक्षा नहुँदै धमाधम भर्ना

४ आश्विन २०७३, मंगलवार ००:१६

\असोज ४, काठमाडौं | सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिएको पत्र हो यो। नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का लागि अहिलेसम्म मेडिकल कलेजहरूको सिट निर्धारण गर्न सकेको छैन ।

काठमाडौं विश्वविद्यालयले पनि नेपाली विद्यार्थीसँग भर्ना आवेदन लिने र प्रवेश परीक्षाको मिति तोक्ने काम सुरु गरेको छैन । मेडिकल कलेजले भने विदेशी विद्यार्थीलाई धमाधम खातामा रकम बुझाउन ताकेता गर्दै पत्र काटिरहेको खुलेको छ ।

काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल चन्दा कार्कीले भने प्रवेश परीक्षाअघि विद्यार्थीलाई डिपोजिट गर्न पत्र नकाटिएको दाबी गरिन्। ‘भर्ना हुन चाहेका विदेशी विद्यार्थीहरूलाई हामीले फर्म भराएका छौं, प्रवेश परीक्षाका बारेमा कोचिङ क्लास पनि दिएका छौं,’ कार्कीले भनिन्, ‘प्रवेश परीक्षाअघि शुल्क माग्ने कुरै हुँदैन, उनीहरूसँग एक पैसा पनि मागेको र लिएको पनि छैनौं ।’ 


सिट बुकिङ गर्न १६ लाख

काठमाडौं विश्वविद्यालयअन्तर्गतका अधिकांश मेडिकल कलेजहरूले सिट निर्धारण र प्रवेश परीक्षा नहुँदै विदेशी विद्यार्थी ‘बुकिङ’ गरिरहेका छन् । स्रोतका अनुसार नेपाल मेडिकल कलेजमा २८ जना भारतीय विद्यार्थीले नाम बुकिङ गरिसकेका छन् ।

काठमाडौं मेडिकल कलेजले दुई सातादेखि ती विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न थालिसकेको छ । बुकिङका लागि १० लाख (भारतीय रुपैयाँ) बुझाएका उनीहरूले पास भएपछि थप १५ लाख भारु (२४ लाख रुपैयाँ) बुझाउनुपर्नेछ । एमबीबीएसका लागि केएमसीले कुल ४४ लाख रुपैयाँ लिइरहेको छ ।

चितवनको कलेज अफ मेडिकल साइन्सेजले ४६ लाख रुपैयाँ भारु (करिब ७४ लाख रुपैयाँ) रुपैयाँ शुल्क तोकेर धमाधम भारतीय विद्यार्थी बुकिङ गराइरहेको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि श्रीलंका र भारतका विद्यार्थीले ‘बुकिङ’ गराइरहेका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा करिब ५० जना भारतीय विद्यार्थीले बुकिङ गरिरहेका छन् । विराटनगरको विराट मेडिकल कलेजमा २५ भन्दा बढी विदेशी विद्यार्थीले नाम रजिस्ट्रेसन गराएका छन् । शुक्रबारदेखि प्रवेश परीक्षाको तयारी कक्षा सुरु गर्न लागेको नोबेल मेडिकल कलेजमा ६० जनाभन्दा बढी विदेशी विद्यार्थी आएका छन्, जसमध्ये ३० जनाभन्दा बढी माल्दिभ्सका छन् ।

नेपाल मेडिकल काउन्सिलको नियमअनुसार मेडिकल कलेजहरूले मनोमानी ढंगले विदेशी विद्यार्थी भर्ना गर्न पाउँदैनन् । नेपाली विद्यार्थी उपलब्ध नभएमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न पाउने नियम छ । तर, विश्वविद्यालयले आँखा चिम्लिँदा कलेजहरूले धमाधम विदेशी विद्यार्थीसँग प्रवेश परीक्षाअघि नै मोटो रकम लिइरहेका छन्। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै