२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४५ दिने घोषणामा प्रधानमन्त्री प्रचण्ड असफल

४ आश्विन २०७३, मंगलवार ००:४२

असोज ४, काठमाडौं | सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

घोषणाको अबधी गत सोमबार सकियो । तर, उक्त दिनसम्म उपत्यका बाहिरका ११ जिल्लाका करिब ३० प्रतिशत परिवारले किस्ता पाउन नसकेका हुन । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजनाले उपलब्ध गराएको तथ्याङक अनुसार करिब १६ प्रतिशत परिवारसंग त सरकारले सम्झौतानै गर्न सकेको छैन ।

‘जति काम भयो यसलाई हामीले उत्साहजनक रुपमा लिएका छौ,’ पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशिल ज्ञावलीले भने, ‘कानुनी र केहि प्राबिधिक कठिनाईका कारण सबै पीडितलाई अनुदान वितरण गर्न नसकिएको हो । त्यसको सामधान क्रमश: गर्दै जानेछौ ।’

तथ्याङक अनुसार उपत्यका बाहिर ५ लाख ३३ हजार परिवारले अनुदानको पहिलो किस्ता पाउनुपर्ने हो । यसमध्ये ४ लाख ४७ हजार ३ सय ५९ परिवारसंग मात्रै अनुदान सम्झौता भयो । सम्झौता भएमध्ये ३ लाख ७५ हजार ७ सय १५ परिवारले मात्रै अनुदान पाउन सफल भए । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै