2026-06-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !

माघ २६, काठमाडौँ | राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ । 

खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ । सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो । केही दिन मन्त्रालयको कार्यभार सम्हाल्न नै गएन । प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय पछि मिलाउने आश्वासन दिएपछि जनमत पार्टी मन्त्रालय गएको हो । आज बस्ने उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि आफूहरूले मन्त्रालयको कुरा उठाउने जनमत पार्टीका प्रवक्ता एवं खानेपानी मन्त्री अब्दुल खानले बताए । 

उनले भने, ‘आज संयन्त्रको बैठक बस्दैछ, त्यो बैठकमा हाम्रो पार्टीका अध्यक्ष ज्यु जानुहुन्छ र त्यहाँ मन्त्रालयको बारेमा पनि कुरा राख्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डसँग पाँचवटा मन्त्रालय छ, त्यसरी मन्त्रालयको कामकाज थन्काएर राख्नु हुँदैन, काम गर्ने इच्छा देखाएका पार्टीलाई त्यो दिहाल्नुपर्छ, जनमत पार्टी पनि काम देखाउनका लागि मन्त्रालय लिन तयार रहेको उनले बताए । 

सोही पार्टीका अर्का नेता विनोद यादवले मन्त्रालयको विषयमा जनमत पार्टी र सरकारको बीचमा एउटा मन्त्रालय  थप्ने गरी छलफल अगाडि बढाइएको र राष्ट्रपतिको चुनावपछि त्यसको टुगों लाग्ने उनले बताए । 'प्रधानमन्त्री प्रचण्डले चुनावपछि थप एउटा मन्त्रालय दिने भन्नुभएको छ, हेरौँ चुनावपछि कस्तो परिस्थिति बन्छ,' उनले भने, ‘हामीले उद्योग मन्त्रालयमा अझै दाबी छाडेका छैनौँ र प्रधानमन्त्री प्रचण्डले पनि दिने आश्वासन दिनुभएको छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ