११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधान दिवसः कतै हर्ष, कतै विस्मात

४ आश्विन २०७३, मंगलवार ०५:५५

असोज ४, पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सोमबार एक वर्ष पूरा भएको छ । संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा मुलक भर विशेष कार्यक्रमहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ । पर्वत सदरमुकाममा विहान प्रभातफेरी सहितको कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।
संविधान दिवसको अबसरपारि जिल्लामा प्रभातफेरीको आयोजना गरेता पनि नागरिकको सहभागीता न्यून देखिन्थ्यो । प्रभातफेरि पछि भएको कार्यक्रममा राजनीतिक दलहरु एकले अर्कोलाई घोचपेच गरे । राष्ट्रिय कार्यक्रममा स्थानीय तहमा मनाउँदा स्थानीय सरोकारवाला निकायहरुलाई सहभागिता नगराई कार्यक्रम चलाउने परिपाटीले निरन्तरता    पायो ।
कार्यक्रममा बोल्दै सांसद कल्पना चापागाईले संविधान कार्यान्वयनको लागि सवै एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने सपना ६५ बर्षको लामो कालखण्डपछि प्राप्त भएको र संविधानमा नागरिकको मौलिक हक र अधिकारको प्रत्याभूति गराइएको भन्दै संविधान लागू गराउनको लागि सवै राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड  दिइन् ।
     अझै पनि कतिपय ठाउँमा संविधानका अन्तरबस्तुका बारेमा नागरिकलाई सचेत गराउन नसकिएका कारण विवाद र विरोध भएको भन्दै सांसद चापागाईले संविधानको प्रचार प्रसारमा समेत जोड दिनुपर्ने बताइन् ।
जिल्ला अदालत पर्वतका न्यायधिश मोहनराज भट्टराइले संविधानमा उल्लेखित भएका कुराहरु कार्यान्वयन हुने हो भने देश समृद्ध बन्ने बताए । उनले संविधानमा नागरिकका हक अधिकार र क्षेत्रलाई फराकिलो पारिएको बताए । संविधानमा उल्लेखित हक अधिकार र कानूनन लागु नभए सेतो कागजमा कालो अक्षर मात्र हुने भन्दै कानूनको कार्यान्वयनमा सवै लाग्नुपर्नेमा उनको जोड थियो ।
    प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले नेपाली नागरिकले लामो संघर्ष र बलिदानपछि प्राप्त गरेको संविधानको कार्यान्वयनको लागि सरकारले दिएको दिशा निर्देशनलाई पालना गर्दै स्थानीय सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्ने बताए । उनले संविधानमा उल्लेखित भएका हक, अधिकारको कार्यान्वयनका लागि सरकार लागी परेको बताए ।
    नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण       पराजुली र जनमोर्चाका जिल्ला नेता बालकृष्ण पौडेलविच जुहारी नै चल्यो । कार्यक्रममा जनमोर्चाका नेता पौडेलले स्थानीय निकायको पुर्नसंरचना तयार गर्दा तीन शिर्ष दलहरुले मध्यरातमा होटलबाट       रक्सीको चुस्कीको भरमा तयार     पारेको आरोप लगाए ।
    स्थानीय निकायको पुर्नसंरचना नमिलाइ नागरिकको        रायसल्लाह विना नै तयार पारेका भन्दै कडा रुपमा प्रस्तुत भए । उनले नागरिकको राय विनानै स्थानिय निकायको पुर्नसंरचना     गरिएको र साना दलहको सहभागिता बेगर निर्माण गरिएको प्रति आपत्ति जनाए । माओवादी नेता पराजुलीले संघियता           विरोधीहरुले स्थानिय संघियताका विषयमा बोल्नु उचित नभएको कडा रुपमा जवाफ दिए । उनले जसले संघियताले देश बर्बाद बनाउँछ भन्छ उहि स्थानीय तहको संरचनामा बोल्छ भन्दै यसमा सवै नागरिकको सहजता अनुरुप तयार पारेको बताए । आयोगले तोकेको गाविस, जनसंख्या र नागरिकको सहजता हुने हिसाबले तयार  पारेको     बताए ।
    नेपाली जनताको त्याग, तपस्या र बलिदानपछि जारी भएको संविधानको खुसियालीमा देशभर कार्यक्रमको आयोजना गरेर मनाइएता पनि नागरिकको लागि भने खासै महत्व देखिएन ।
    राष्ट्रिय पर्वका रुपमा संविधान दिवसलाई मनाइएता पनि जिल्लामा भने आयोजकले कसैसँग समन्वय नगरी मनाएको भन्दै कतिपयले आलोचना गरे । अन्य कार्यक्रममा डेढ दर्जन भन्दा बढी सहभागी हुने दलहरु संविधानको दिवसको दिनलाई खासै चाँसो दिन सकेनन् । विशेष दिनमा मुस्किलले आधा दर्जन दलले एक÷एक जना प्रतिनिधि पठाए । ‘संविधान त केवल दललाई सत्तामा जानका लागि मात्रै चाहिएको रहेको सर्वसाधारणको गुनासो रहेको छ ।  दलित, जनजाति, महिला, शहिद परिवारलाई दिवस मनाउन खबर नगरेकोमा आयोजकको आलोचना भएको छ ।
    ‘एउटा कोठामा बसेर दिवस मनाउनु ठुलो गल्ती हो’ नेपाल आदिबासी जनजाति महासंघ पर्वतका कार्यबाहक अध्यक्ष राजन गुरुङले भने, ‘आयोजकले जनजातिलाई कार्यक्रममा खबर नगरेकोमा दुःख लागेको छ ।’ उनले कहिल्यैपनि    राष्ट्रिय दिवसमा पर्वतमा आयोजकले सबैलाई समेट्न नसकेको बताए ।
    यता ¥यालीपछि शहिद गोबिन्दनाथ शर्माको शालिकमा माल्यार्पण भएपनि कार्यक्रममा शहिद परिवारको नाम समेत उच्चारण गरिएन । ‘संविधान दिवसको अवसरमा कहाँ, कसले कार्यक्रम आयोजना गरेको भन्ने नै जानकारी नभएको शहिद गोविन्दनाथ शर्माका भाई देव शर्माले बताए ।
     ‘संविधान जारी भएकोजस्तो महत्वपूर्ण दिनको कार्यक्रममा सहभागी हुने इच्छा थियो तर, कार्यक्रमको बारेमा जानकारी नै पाइएन’ उनले भने ।
कार्यक्रममा नागरिक संघसंगठनलाई समेत बेवास्ता गरिएको थियो । स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पर्वत उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघसहितका       नागरिक संघसंस्थाको वक्ताको नाम काटेका थिए । कार्यक्रममा अपमानित भएको सम्झेर केही नागरिक संघसंस्थाका प्रतिनिधि कार्यक्रमबाट बाहिरिएका थिए । देशभर संविधान दिवस खुसियालीका रुपमा मनाइरहँदा मधेसी मोर्चाले भने कालो दिनका रुपमा मनाएको छ ।
    संविधानसभाबाट विश्वका अरु मुलुकमा जारी भएको संविधानको तुलनामा नेपालको संविधान धेरै विशेषताले भरिपूर्ण रहेको छ । यद्यपि संविधानका अन्तरवस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा रहेका छन् । संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ । संविधानमा ३५ भाग ३०८ धारा र नौ अनुसूची छन् ।
     संविधानमा विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ ।             संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, संघीय     धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो ।
    नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको दिशातर्फ अग्रसर तुल्याउनु अहिलेको प्रमुख कार्यभार हो ।
    संविधानलाई पूर्ण कार्यान्वयनतर्फ लैजान आवश्यक पर्ने नयाँ कानुनको निर्माण र      पूराना कानुनको संशोधन गर्न दलहरु एउटै कित्तामा उभिनुपर्ने आवश्यकता छ । संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने तथा प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकता हुने प्रावधान संविधानमा व्यवस्था गरिएको छ । आमा वा बाबुको नामबाट लैङ्गिक पहिचानसहितको नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था संविधानमै किटान गरिएको छ ।             नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा संविधानमा व्यवस्था गरिएको छ । नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रता, समानता, सञ्चार, न्यायका साथै यातनाविरुद्ध, निवारक नजरबन्दविरुद्ध, देश निकालाविरुद्ध, छुवाछूत तथा भेदभावविरुद्धको हक पनि सुनिश्चित भएका हुन् ।
    सामाजिक वा सांस्कृतिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासीलगायत अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण, विकास र सशक्तीकरण गर्न विशेष व्यवस्था गर्न सक्ने सकारात्मक विभेदको व्यवस्था छ ।
    नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तह तथा प्रदेश तहमा सात प्रदेशको व्यवस्था संविधानले सुनिश्चित गरेको छ । राष्ट्रपति     राष्ट्राध्यक्ष हुने, कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने, राष्ट्रति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुनुपर्ने, कार्यकारिणी अधिकार मन्त्रिपरिषद निहित रहने तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्रीमा नियुक्त हुन नपाउने संविधानले प्रत्याभूत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा