2026-06-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारबाट बाहिरिएको रास्वपा पनि संयन्त्रको बैठकमा

माघ २७, काठमाडौँ | गत आइतबार मात्र सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष रवि लामिछाने सहभागी भएका हुन् । 

सरकारबाटै बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपाकाे उपस्थितलाई अर्थपूर्ण मानिएको छ । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, रास्वपाको सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल भइरहेको छ ।

माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेपछि लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए। गैर सांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संविधानको व्यवस्थाअनुसार आफू मन्त्री बन्नु पर्ने लामिछानेको भनाइ थियो। रास्वपाले पनि यसअघिको सहमतिअनुसार गृहमन्त्री आफ्नो दल नै पाउने दाबी गर्दै आएको थियो थियो । तर प्रधानमन्त्री गृहमन्त्री दिन तयार नभएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । 

पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै शिक्षा मन्त्री शिशिर खनाल, श्रम मन्त्री डोलप्रसाद अर्याल  र स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले पनि राजीनामा दिएका थिए । उद्दपी पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशङ्कित देखिएको छ ।  यस विषयमा गठबन्धन दलका शीर्ष नेताहरूले आ आफ्नो धारण राख्ने भएका छन् । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले साथ नदिएपछि सुदूरपश्चिममा गठबन्धनको सरकार ढलेको छ । यो प्रकरणले पनि गठबन्धनमा दरार आएको छ । यावत प्रकरणले गर्दा संयन्त्रको आजको बैठकलाई अर्थपूर्ण मानिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ