2026-06-19 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपालको सक्रियता : प्रधानमन्त्री प्रचण्डपछि कांग्रेस सभापति देउवासँग भेट

माघ २७, काठमाडौँ | पुरानै गठबन्धन ब्युँताउने कसरतमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेका नेपालले शुक्रवार बिहान देउवालाई उनकै धुम्बाराहीस्थित निवासमा पुगेर भेटेका हुन् ।

भेट सुदूरपश्चिम प्रदेशमा बदलिएको सत्ता समीकरणका विषयमा केन्द्रित रहेको देउवानिकट स्रोतको दाबी छ । एमालेका मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि ठूलो दलको रूपमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन् ।

उनले पनि नियुक्तिको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन ५३ सदस्यीय प्रदेशसभामा २७ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेस र नेकपा एस एक ठाउँमा उभिँदा २३ सांसद मात्रै हुन्छन् । बहुमत पुर्‍याउन अझ ३ सांसदको आवश्यकता पर्छ ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्रका एकएक सांसद छन् ।

‘सुदूरपश्चिममा अब हामीलाई पनि एक महिनामा बहुमत पुर्‍याउनुपर्ने अवस्था आएको छ । छलफल यसमा बढी केन्द्रित भयो,’ देउवानिकट स्रोतले भन्यो, ‘तर अरू प्रदेशमा पनि सत्ता गठबन्धनबीच फाटो आउन सक्ने विषयलाई नजिकबाट हेर्ने र अगाडि बढ्ने विषयमा पनि कुराकानी भएको छ ।’

भेटमा राष्ट्रपति चुनाव र पुरानै गठबन्धन ब्युँतिने सम्भावनाका विषयमा समेत चर्चा भएको स्रोतको दाबी छ ।

‘पछिल्लो समय समाजवादी पनि हामीसँगै विपक्षमा छ । यसैले उसले पुरानै गठबन्धन ब्युँताउन लबिङ गर्दै आइरहेको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोत भन्छ, ‘अहिलेको गठबन्धन लामो समय नजाने दुवै पार्टीको बुझाइ छ । त्यस विषयमा पनि कुराकानी भयो ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ