१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपालको सक्रियता : प्रधानमन्त्री प्रचण्डपछि कांग्रेस सभापति देउवासँग भेट

२७ माघ २०७९, शुक्रबार ०८:०८

माघ २७, काठमाडौँ | पुरानै गठबन्धन ब्युँताउने कसरतमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेका नेपालले शुक्रवार बिहान देउवालाई उनकै धुम्बाराहीस्थित निवासमा पुगेर भेटेका हुन् ।

भेट सुदूरपश्चिम प्रदेशमा बदलिएको सत्ता समीकरणका विषयमा केन्द्रित रहेको देउवानिकट स्रोतको दाबी छ । एमालेका मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि ठूलो दलको रूपमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन् ।

उनले पनि नियुक्तिको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन ५३ सदस्यीय प्रदेशसभामा २७ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेस र नेकपा एस एक ठाउँमा उभिँदा २३ सांसद मात्रै हुन्छन् । बहुमत पुर्‍याउन अझ ३ सांसदको आवश्यकता पर्छ ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्रका एकएक सांसद छन् ।

‘सुदूरपश्चिममा अब हामीलाई पनि एक महिनामा बहुमत पुर्‍याउनुपर्ने अवस्था आएको छ । छलफल यसमा बढी केन्द्रित भयो,’ देउवानिकट स्रोतले भन्यो, ‘तर अरू प्रदेशमा पनि सत्ता गठबन्धनबीच फाटो आउन सक्ने विषयलाई नजिकबाट हेर्ने र अगाडि बढ्ने विषयमा पनि कुराकानी भएको छ ।’

भेटमा राष्ट्रपति चुनाव र पुरानै गठबन्धन ब्युँतिने सम्भावनाका विषयमा समेत चर्चा भएको स्रोतको दाबी छ ।

‘पछिल्लो समय समाजवादी पनि हामीसँगै विपक्षमा छ । यसैले उसले पुरानै गठबन्धन ब्युँताउन लबिङ गर्दै आइरहेको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोत भन्छ, ‘अहिलेको गठबन्धन लामो समय नजाने दुवै पार्टीको बुझाइ छ । त्यस विषयमा पनि कुराकानी भयो ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक