११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैकल्पिक शक्तिको एजेन्डा बोक्नेलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सीके राउत

२७ माघ २०७९, शुक्रबार १२:१५

माघ २७, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने दललाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन् । 

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने राजनीतिक दलहरूलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए । उनले नयाँ शक्तिको एजेन्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । उनले राजनीतिक पार्टीको रूपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठुलो प्राथमिकता बनाउनु नहुने बताए । उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे । 

उनले भने, ‘सडक आफैँमा सबैभन्दा ठुलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रूपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठुलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । सङ्घर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरू एक ठाउँमा आएर कुनै क्रान्तिको बीजारोपण गर्न सक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको विरुद्धमा नै होस् । रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्ने कुरालाई आधार मानेर अघि बढे मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरूले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जान सक्ने भन्ने कुरा सोच्नु नहुने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित