१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ -ज्ञानेन्द्र शाही

२८ माघ २०७९, शनिबार ०४:३३

माघ २८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपति भण्डारीले माफी माग्नु पर्ने माग गरेका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् । उनले घटनाले मर्माहित बनाएको उल्लेख गर्दै प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनसिल मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु घोर आपतीजन्य र निन्दनिय कार्य भएको बताएका छन् ।

शाहीले भने 'राष्ट्रपतिलाई सम्मान दिनु पर्छ तर जनतालाई सास्ति दिएर गरेको सम्मानको के अर्थ हो ? हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अन्त हुन जरूरी छ। चिकित्सकमाथिको कुटपिट तथा अपमानको  घोर निन्दा र भत्र्सना गर्दछु। साथै सम्माननिय राष्ट्रपतिले यो बिषयमा चिकित्सक सङ माफी माग्न हार्दिक अनुरोध गर्दछु' ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो । चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक