३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राज्यकोष दुरुपयोगलाई अनुसन्धानको दायरामा ल्याइनेछ : प्रमुख आयुक्त राई

२८ माघ २०७९, शनिबार ०९:२२

माघ २८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताउनुभएको छ । 

आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले पूर्वाधार निर्माण बर्सेनि ठूलो रकम खर्च भए पनि आवश्यक गुणस्तर कायम हुन नसकेको र तिनको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको बताउनुभयो । उहाँले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरुपयोग बढेको उल्लेख गर्नुभयो । 

पूर्वाधार निर्माणमा आवश्यकताको पहिचान नगरी अध्ययन, खरिद र ढिलासुस्ती गर्दा स्रोतको दुरुपयोग बढेको जिकिर गर्दै प्रमुख आयुक्त राईले भन्नुभयो, “राज्यकोषको दुरुपयोग  र दोहन बढेको छ । तीनै तहका सरकारबाट स्रोतको सुनिश्तिता र पर्याप्त पूर्वतयारी विना ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना अधेरै छन् । यस्ता कार्यमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।”

विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, सम्भाव्यता अध्ययन वा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तर कार्यान्वयन नगर्ने पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो । पूर्वाधार निर्माणका लागि यन्त्र उपकरण खरिद गर्ने तर उपयोग नगर्ने र वर्षौं वर्षसम्म अधुरै रहेका आयोजनामा संलग्न पदाधिकारीमाथि अनुसन्धान अघि बढाइएको प्रमुख आयुक्त राईले सो अवसरमा  जानकारी दिनुभयो । 

“सरकारी स्रातको हानिनोक्सानी तथा दुरुपयोगसम्बन्धी उजुरी बढेको छ ।  जलविद्युत्, उद्योग तथा वस्तु र सेवाको उत्पादन र परिवहनमा अनुमतिपत्रसम्बन्धी व्यवस्थामा एकाधिकार र कार्टेलिङबारे आयोगले निगरानी र छानबिन कगरिरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख आयुक्त राईले  प्राकृतिक स्रोत, खासगरी ढुङ्गा, गिट्टी र बालुवा जथाभावीरुपमा उत्खनन र दोहन गर्ने कार्य नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । प्राकृतिक स्रोतको व्यवस्थित र दिगो उपयोग आजकोे आवश्यकता भएको उल्लेख गर्दै उहाँले यी क्षेत्रमा हुने र भइरहने अनुचित दोहन, अनियमितता र मस्यौदा उपर आयोग निर्भिक तवरले लागिपरेको बताउनुभयो । 

सरकारी कोषबाट नियमित अनुदान लिई कागजी रुपमा मात्र सञ्चालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म नभेटिने जिकिर गर्दै प्रमुख आयुक्त राईले यस सम्बन्धि छानबिन अघि बढाएको जानकारी दिनुभयो । राजस्व चुहावट, चोरी, निकारी, पैठारी, न्यून बिजकीकरण तथा राजस्व छली नियन्त्रण गरी राजस्व प्रशासनमा सुधार गर्न उहाँले सुझाव दिनुभयो । 

प्रमुख आयुक्त राईले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्व बढाउने, सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने तथा समाजमा भ्रष्टाचार विरोधी संस्कृतिको विकास गर्न सुझाव दिनुभयो । नेपाल भ्रष्टाचारको सूचाङ्कमा अझै जोखिमपूर्ण स्थानमा रहेको भन्दै उहाँले सचेतसमेत गराउनुभयो । 

कार्यक्रममा  आयोगका आयुक्त किशोरकुमार सिलवालले सूचना सञ्जालीकरण र आधुनिक प्रविधिसँगै भ्रष्टाचारको स्वरुप, तौरतरिका र आयाममा परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको विकाससँगै बदलिँदो भ्रष्टाचारको स्वरुप, तौरतरिका र आयाम तथा सीमाहीन अपराधका रुपमा विस्तार हुँदै गएको भ्रष्टाचार कुनै अमुक संस्था र राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय चासो र चुनौतीको विषय बन्न पुगेकाले नियन्त्रणमा साझा प्रतिबद्धता आवश्यक छ ।”

स्थापना दिवसका अवसरमा आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा योगदान पु-याउने पत्रकार, लेखक, उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट अख्तियार कर्मचारीलाई पुरस्कृत गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता