११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल

२८ माघ २०७९, शनिबार ११:०८

माघ २८, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्रपङ्क्तिको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

एकीकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सङ्गीत र साहित्य क्षेत्र नागरिकमा उत्प्रेरणा र उत्साह प्रदान गर्न केन्द्रित हुनुपर्ने बताउनुभयो । कला, साहित्य र सङ्गीतले समाज रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले सामाजिक जीवनका यथार्थपरक घटनालाई बिम्ब बनाएर स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्न सकेमा समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यले समाजका विकृति–विसङ्गतिको उजागर गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनता र देशका पिरमर्कासँग जोडिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सकारात्मक संस्कार संस्कृतिको विकास गर्न, आशावादी र आत्मविश्वास जगाउन साहित्यिक क्षेत्र क्रियाशील हुनुपर्र्ने सुझाव दिनुभयो ।

आलोकनगरस्थित पार्टी कार्यालयमा तीन दिनदेखि चलिरहेको बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारका सेवासुविधाका साथै अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित