११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चिकित्सक सङ्घको आन्दोलन स्थगित, छ बुँदे सहमति

२९ माघ २०७९, आईतवार ०६:४८

माघ २९, काठमाडौँ | नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । 

सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छ बुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने निर्णय भएको वार्ता टोलीमा सहभागी सङ्घका पूर्वअध्यक्ष डा मुक्तिराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

सङ्घ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको थियो । वार्तामा माघ २७ गते दिनको ४ः१५ बजे राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाबारे वार्ता टोलीबीच छलफल भएको र घटनामा घाइते हुनुभएका चिकित्सकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 

सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ । 

वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ ।

सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ । 

सहमतिपत्रमा नेपाल चिकित्सक सङ्घका अध्यक्षबाट अध्यक्ष डा लोचन कार्की र सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गर्नुभएको छ ।

वार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, गृहमन्त्रालयका प्रतिनिधि जितेन्द्र बस्नेत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा रुद्र मरासिनी, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की, नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा मुक्तिराम श्रेष्ठ तथा नेपाल चिकित्सक सङ्घका महासचिव डा बद्री रिजालको उपस्थिति थियो । 

अन्य प्रतिनिधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, उपत्यका प्रहरी कार्यालय काठमाडौँका प्रहरी अतिरिक्त महानिरिक्षक दिवेश लोहनी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत सागर अधिकारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित