१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारले सवारी सहज नबनाउँदा राष्ट्रपतिले गाली खानुपर्‍यो : रघुजी पन्त

२९ माघ २०७९, आईतवार १०:०४

माघ २९, काठमाडौँ | नेकपा एमालेका नेता रघुजी पन्तले विशिष्ट व्यक्तिको सवारीहरुलाई सहज र जनतालाई अप्ठेरो नपर्ने गरी व्यवस्था गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको उनले बताए ।

आफ्नो सवारी कसरी चलाउने भन्ने विषय राष्ट्रपतिको हातमा नहुने तर उनीहरुले आलोचना खेप्नुपर्ने बाध्यता रहेको पन्तले बताए । ‘त्यसैले यो प्रश्नको समाधान राजनीतिक नेतृत्वले दिनुपर्छ, प्रधानमन्त्रीको तहबाट हुनुपर्छ’ उनले भने । राष्ट्रपतिको सवारीका क्रममा आफू एक घण्टा जाममा परेको र एम्बुलेन्स पनि जाममा परेको देखेको पन्तले बताए । ‘एम्बुलेन्समा कस्तो विरामी थिए भन्ने मैले देख्न पाइनँ, थुप्रै मान्छे आक्रोशित थिए, सांसदहरुलाई पनि गाली गर्दैथिए, मैले लोगो छोप्नुपर्‍यो, मास्क लगाउनुपर्‍यो’ उनले भने ।

विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड लोकतन्त्रमा खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त हुनुपर्ने उनले बताए । तर सुरक्षा निकायले जहिले आफू सुरक्षित हुने बाटो खोज्ने र केही भएमा कसले जिम्मा लिने भन्ने प्रश्न गरेर उम्किने गरेको पन्तले बताए । ‘लोकतन्त्रमा लोकको यो आवाजप्रति हाम्रो संयन्त्र संवेदनशील हुन सकेन’ उनले भने । यसअघिको राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपतिले पनि आफ्नो सवारी चलाउँदा नागरिकलाई दुख नदिनू भनेको भन्दै पन्तले भने, ‘सरकारले नगर्दा राष्ट्रपतिले गाली खानुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक