२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न पिटिने डाक्टरको गल्ती हो, न निलम्बित प्रहरीको : डा. तोसिमा कार्की

२०७९, २९ माघ आईतवार ११:१७

माघ २९, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार भएको सवारीका क्रममा चिकित्सक पिटिएको घटनालाई लिएर अतिविशिष्ट व्यक्ति सुरक्षा सम्बन्धी प्रावधान सच्याउनुपर्ने आवश्यकता देखिएको सांसद् डा. तोसिमा कार्कीले बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘डाक्टर एक प्रतिबिम्ब पात्र मात्रै हुन्, खासमा ती सुरक्षाकर्मी पनि यही प्रणालीको शिकार बनेका छन् ।’

एक सर्वसाधारण त्यहाँ उभिएको भए पनि लाठी प्रहार हुन्थ्यो भन्दै उनले भनेकी छन्, ‘यसको घटना के कारणले भयो भन्नेतिर खोजी गर्नुपर्छ ।’

उनले चिकित्सकले आइतबार देशभर गरेको हड्तालको पनि विरोध गरेकी छन् । चिकित्सकको बन्दले लाखौं विरामी मर्कामा पर्ने भन्दै उनले भनेकी छन्, ‘शुक्रबारको घटनामा गल्ती न ड्यूटीमा खटिएका डाक्टरको थियो । न त आदेश अनुरुप लटठी चार्जसम्मको निर्देशन पाएको ड्यूटीमा खटिएका प्रहरीको थियो ।’

उनले जनप्रतिनिधिले बनाएको भीभीआईपी सुरक्षा प्रोटोकलको गल्ती भएको बताउँदै अगाडि भनिन्, ‘प्रोटोकलहरु देशमा सुशासन र समृद्धि स्थापित गर्न बनेका हुन् भने यसमा सुधार गर्न जरुरी छ । कुनै पेशकर्मी र नागरिकलाई बाधा नहुने गरी हुनसक्नेसम्म लचकता अपनाइ हरेक नेपालीले स्वीकार्न सक्ने र पालना गर्नसक्ने नीति निर्माण बनाउन जरुरी छ ।’

शुक्रबार राष्ट्रपतिको सवारीमा सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह कुटिएका थिए । उनलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेर अनुसन्धान गरिरहेको छ ।

शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी