2026-06-19 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फेरि सरकारमा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टी

फागुन १, काठमाडौँ | निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै फागुनभित्रमा रास्वपामा सरकारमा सहभागी हुन लागेको स्रोतको दाबी छ । ‘राष्ट्रपतिको निर्वाचनअघि नै रास्वपा सरकारमा सहभागी हुनेछ’, रास्वपा स्रोतले भन्यो । स्रोतका अनुसार सो पार्टीका सभापत रवि लामिछाने पनि राष्ट्रपति निर्वाचनलगायत विषय तय गर्नुपर्ने,न्यूनतम साझा कार्यक्रमको स्पिरिट र डेलिभरीजस्ता विषयलाई समेट्नु पर्ने लगायतका विषयहरु रहेकाले सरकारमा सहभागी हुने र उपनिर्वाचनपछि आफैँ पनि सरकारमा जाने भएकाले राष्ट्रपति निर्वाचन अघि नै सरकारमा सहभागी हुने संकेत गरिसकेको रास्वपा स्रोतको दाबी छ । 


सो पार्टीका महामन्त्री डा. मुकुल ढकालले भने आफूहरु उपनिर्वाचनको तयारीमा लागेका कारण यस विषयमा सोच्न नभ्याएको र केन्द्रीय समितिको बैठकबाट निर्णय हुने बताए । ‘अहिले हामी काठमाडौँ बाहिर छौँ, उपनिर्वाचनको तयारीमा छौँ, सरकारमा जाने विषयमा केन्द्रीय समितिको बैठकबाट निर्णय हुन्छ’, डा. ढकालले भने । उनका अनुसार रास्वपाले सरकारमा जाने भन्दा पनि उपनिर्वाचनमै प्राथमिकता दिएको छ । रवि लामछिानेलाई नेपाली नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी देखाएपछि उनले उपप्रधानसहित गृहमन्त्रीबाट राजीनामा दिएका थिए । १३ माघमा सर्वोच्च अदालतले नागरिकता प्रकरणका उनलाई दोषी देखाउँदै सांसद, उपप्रधान र गृह तथा पार्टी सभापति पद गुमाएका थिए । तर १५ माघमा पुनः नागरिकता लिएपछि लामिछाने सोही दिन सभापति चयन भएका थिए । उनले नागरिकता लिएपछि पुनः गृहमन्त्रालयमै फर्किन खोजेका थिए । 

तत्काल गृह मन्त्रालय नदिने भएपछि सरकारमा सहभागी भएका सबै मन्त्रीहरु बाहिरिएका थिए । रवि आफू नभएपछि अरुलाई पनि सरकारबाट बाहिर राखेको भन्दै आलोचना भएको थियो । सरकारमा रविको पार्टीबाट श्रम, शिक्षा र स्वास्थ्य राज्यमन्त्रीको रुपमा सहभागी भएका थिए । राष्ट्रपतिको निर्वाचनअघि रविको पार्टीलाई सरकारमा सहभागी गराउन नेकपा एमालेले पनि जोड गरिरहेको छ । माओवादी केन्द्रका पुष्पमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट हुँदा र सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रको बैठकमा पनि रविको पार्टीलाई सरकारमा ल्याउन ओलीले जोड गरिरहेका छन् । तर प्रचण्ड भने रविको पार्टीलाई तत्कालै सरकारमा ल्याउने पक्षमा छैनन् । ‘एमालेले जोड गरिरहेको छ, प्रधानमन्त्रीले भने त्यति रुची देखाउनु भएको छैन’, माओवादीका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो