२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गाडी बिग्रिएपछि बीमा रकम पाउन गाडीमा आगो लगाएपछि…

२०७९, १ फाल्गुन सोमबार ०८:४५

फागुन १, बर्दिया | बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने हुँदा चालकले बीमा दाबी गर्न गाडीमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

आज बिहान २ बजे बर्दिया मधुबन नगरपालिका ४ बसन्तास्थित माचड चोक देखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा आगलागी भएको अवस्थामा गाडी देखिएको थियो। सुरुमा नम्बर नखुलेपछि प्रहरीले अनुसन्धान गर्दा लु २ ख २०८४ नम्बरको सेतो रङ्गको फोर्स गाडी भएको खुलेको थियो।


इलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा प्रहरी टोली खटिई घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पूर्ण रुपमा जली नष्ट भएको अवस्थामा फेला पारेको थियो। तर, घटनास्थलमा कुनै पनि व्यक्ति भेटिएनन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले गाडीको चालक बर्दिया मधुबन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

बीमाको लागि आगलागी

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बीमा रकमको लागि आगो लगाएको खुलेको हो।

चौधरीले माघ २० गते गाडी बिग्रिएकोले मर्मतको लागी ग्यारेजमा लागेछन्। तर त्यहाँ मर्मत गर्दा बढी रकम लाग्ने भएछ। त्यसपछि चालकले गाडीमा आगो लगाई बीमा दाबी गर्ने योजना बनाएछन् । त्यसपछि माघ २९ गते छुट्टै जिपको सहयोगले बसन्ता स्थित एकान्त जङ्गल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सडकको पश्चिम किनारामा पुर्‍याएर चालक रामु चौधरीले डिजेल छर्की आगो लगाई आफ्नो घरतिर गएको देखिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी