2026-06-19 05:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता विधेयक रोके अब चुप बस्दैनौं: जसपा सांसद यादव

फागुन ३, काठमाडौँ | जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरू गर्ने चेतावनी दिएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन् । उनले 'आवाजविहीनको आवाज कसले सुनिदिने ?' भन्दै प्रश्न गरे । जन्मसिद्ध नागरिकको सन्तानहरूले नागरिकता नपाएर रुँदै आएको भन्दै यादवले उनीहरू छिट्टै न्याय दिनुपर्ने बताए ।

‘आवाजविहीनको आवाज कसले सुनिदिने ? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरू । उनीहरूलाई न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि ! यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय,' उनले भने ।

यादवले थपे, 'ती सन्तानको के गल्ती छ, जो बाबुआमा नेपाली नागरिक हुँदाहुँदै पनि आज नागरिकताविना भड्किरहेका छन् । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने वा ढिला गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदन दुवैतिर स‌ंघर्ष गर्छ ।'

संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताविहीन अवस्थामा राख्नु विडम्वनापूर्ण भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग