१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता विधेयक रोके अब चुप बस्दैनौं: जसपा सांसद यादव

३ फाल्गुन २०७९, बुधबार ०८:०५

फागुन ३, काठमाडौँ | जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरू गर्ने चेतावनी दिएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन् । उनले 'आवाजविहीनको आवाज कसले सुनिदिने ?' भन्दै प्रश्न गरे । जन्मसिद्ध नागरिकको सन्तानहरूले नागरिकता नपाएर रुँदै आएको भन्दै यादवले उनीहरू छिट्टै न्याय दिनुपर्ने बताए ।

‘आवाजविहीनको आवाज कसले सुनिदिने ? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरू । उनीहरूलाई न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि ! यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय,' उनले भने ।

यादवले थपे, 'ती सन्तानको के गल्ती छ, जो बाबुआमा नेपाली नागरिक हुँदाहुँदै पनि आज नागरिकताविना भड्किरहेका छन् । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने वा ढिला गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदन दुवैतिर स‌ंघर्ष गर्छ ।'

संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताविहीन अवस्थामा राख्नु विडम्वनापूर्ण भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक