२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

च्याउको पनि दिमाग हुन्छ, मानिसले झैँ कुराकानी समेत गर्छन्

२०७९, १५ फाल्गुन सोमबार ०६:०२

फागुन १५, काठमाडौँ | वनस्पतीमा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ ।  तर के तपाईँलाई थाहा छ, यसले कुराकानी पनि गर्छन् । वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् । अनुसन्धानका क्रममा च्याउसँग आफ्नो मस्तिष्क हुने र महसुस गर्ने चेतना पनि हुने प्रमाणित भएको छ ।

युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका शोधकर्ताहरूका अनुसार च्याउले आफ्नो मस्तिष्कलाई तेज बनाउनका लागि मानिस जस्तै निरन्तर सक्रिय रहेको हुन्छ ।


त्यस्तै क्वीन्सल्याण्ड युनिभर्सिटीले च्याउका विषयमा गरेको पछिल्लो अनुसन्धान हालै जर्नल अफ न्युरोकेमिस्ट्रीमा छापिएको छ । जस अनुसार हेलेसियम रियासिअस नामक च्याउमा एउटा यस्तो प्रोटिन हुन्छ जसले स्नायुको विकासमा काम गर्दछ । उक्त प्रोटिनलाई न्युरोट्रोफिन्स भनिन्छ । उक्त प्रोटिनयुक्त च्याउको सेवनले मानिसको मस्तिष्क विकासमा समेत काम गर्ने वैज्ञानिकहरुको ठहर ।

न्युरोट्रोफिन्सले स्नायुहरुको स्वास्थ्य मजबुत राख्ने काम गर्दछ र त्यसको विकासमा भूमिका खेल्दछ । यो पदार्थ च्याउको जरामा पनि पाइन्छ र एक अर्कासँग जोडिएको हुन्छ । त्यहीँ नै त्यो लगातार विकास भैरहेको हुन्छ जुन प्रक्रियामा मानिससँग मिल्दोजुल्दो हुन्छ । मानिसको सरीरमा पनि न्युरोट्रोफिनले मस्तिष्कको विकासमा अहम भूमिका खेलेको हुन्छ । यसको एउटा विशेष प्रकारलाई ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर भनिन्छ जुन बोल्न, सम्झिन तथा निर्णय गर्नमा निकै आवश्यक हुन्छ ।

खान लायक च्याउका प्रजातिहरुमा रहेका प्रोटिनले लगातार न्युरोनको विकासमा भूमिका खेलिरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् ।

उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ । यद्यपि, दैनिकको कुराकानीमा यिनीहरूले लगभग २० शब्द मात्रै प्रयोग गर्छन् । इलेकट्रिकल इम्पल्स अर्थात् बिजुलीको तरंगमार्फत् यी शब्द एक ठाउँमा अर्को ठाउँमा पुग्छन् । यसैको मद्दतले उनीहरू मौसमी खतराको कुरा पनि अर्कोसम्म पुर्‍याउँछन् । वैज्ञानिकहरूले के भनिरहेका छन् भने, ‘हुन त यसबारे त्यस्तो ठुलो दाबी गर्न सकिँदैन तर च्याउमा यस्ता धेरै कुरा छन् जुन मानिसहरूले थाहा पाउन आवश्यक छ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा