2026-06-23 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

गाडी ट्राफिक जाममा फसेको मौकामा विवाहको भोलिपल्ट दुलही छोडेर भागे दुलाहा

एजेन्सी | भारतको बेंगलोरमा ट्राफिक जामको समस्या भयंकर छ । त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो । भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्षले मार्च ५ मा प्रहरी समक्ष जाहेरी दिएका छन् । प्रहरीले दुलाहालाई खोजिरहेको छ । 

दुलाहाको नाम विजय जर्ज (नाम परिवर्तन) हो । उनकी पूर्व प्रेमिकाले निजी क्षणको भिडियो र तस्वीर सार्वजनिक गरिदिने धम्की दिएपछि उनी तनावमा थिए । जर्जले पत्नीलाई आफूसँग भइरहेको ब्ल्याकमेलिङका बारेमा बताएका थिए । तर उनले आफू र आफ्ना मातापिता जर्जको पक्षमा उभिने अनि चिन्ता नलिन बताएकी थिइन् । तर यस आश्वासनका बावजूद विवाहको भोलिपल्ट जोडी चर्चबाट फर्किँदै गर्दा गाडी ट्राफिक जाममा फसेको मौका पारी दुलाहा भागेका थिए । अगाडिको सीटमा बसेका जर्ज कारबाट निस्केर दम्पत भएका थिए । 

स्तब्ध भएकी दुलही पनि कारबाट निस्केर पछिपछि भागेकी थिइन् र भेट्टाउन सकिनन् । जर्जले कर्नाटक र गोवामा आफ्ना पितालाई म्यानपावर एजेन्सीमा सघाइरहेका थिए । गोवामा हुँदा उनले कम्पनीकै एक चालककी पत्नीसँग सम्बन्ध बनाएका थिए । ती महिला दुई सन्तानकी आमा हुन् र त्यही कम्पनीमा क्लर्कका रूपमा काम गरिरहेकी थिइन् । 

जर्जकी आमालाई यस सम्बन्धका बारेमा थाहा भएपछि जर्जले सम्बन्ध तोड्ने भनेका थिए । तर उनी लुकीलुकी ती महिलालाई भेटिरहन्थे । 

ती महिलाको मोहपाशबाट छुटाउनका लागि जर्जको परिवारले उनको विवाह अन्तै गराउने निर्णय लियो । 

‘मलाई विवाहअघि नै यस सम्बन्धका बारेमा बताइएको थियो,’ जर्जकी पत्नीले बताइन्, ‘तर त्यस महिलालाई छोड्ने भनेकाले मैले विवाहको स्वीकृति दिएँ । ब्ल्याकमेलको डरले जर्ज भागे । उनी आत्महत्याको सोच बनाइरहेका थिए । उनी सुरक्षित छन् र छिट्टै फर्किन्छन् भन्ने आशा छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय