बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा यी कुरामा ध्यान दिन आग्रह

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा बैंकहरुले लिने शुल्कका बारेमा जानकारी लिन राष्ट्र बैंकले आग्रह गरेको छ । कर्जा लिँदा ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू भुक्तानी गर्नुपर्ने अवस्था आएको भन्दै जानकारी लिन आग्रह गरेको हो ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १।२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १।५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

यी संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् । शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कर्जाको कारोबार गर्न पनि आव्हान गरेको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!