2026-10-05 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुको साथै कम्तिमा ४० जना घाईतेहरु अस्पतालमा भर्ना भएको न्यू साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले सोमबार पुष्टि गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्टमा गर्दै एनएसडब्लु प्रहरीले बोन्डीमा आइतबार भएको गोली हानाहानको पुष्टि गर्दै थप जानकारी चाँडै उपलब्ध गराइने बताएको छ ।

सिएनएनका अनुसार, यहुदी समुदायका प्रतिनिधिले ज्यान गुमाउनेहरूमा बालबालीकाहरु समेत रहेको पुष्टि गरेका छन् ।

अधिकारीहरूले घटना पछि बोन्डी समुद्र तट वरपरको क्षेत्र सील गरि अनुसन्धान जारी राखेको तथा हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

“अनुसन्धानकर्ताहरूले घटना स्थलमा अनुसन्धान गरिरहँदा बोन्डी समुद्र तट र बोन्डी क्षेत्रका वरपरका सडकहरू बन्द हुने र ड्रोनसहितका विमानहरूलाई अपराध स्थलमाथि उड्न निषेध गरिएको प्रहरीले जनाएको छ ।

हनुक्का मनाउन सयौं मानिसहरू भेला भएको अवस्थामा यहुदी समुदायलाई लक्षित गरिएको यो आक्रमणलाई आधिकारिक रूपमा आतंकवादी आक्रमण घोषणा गरिएको जनाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सामूहिक गोलीबारी पछि राष्ट्रका नाममा सम्बोधन गर्दै घटनाको निन्दा गर्नु भएको छ । उहाँले उक्त घटनालाई “विनाशकारी आतङ्कवादी आक्रमणको रुपमा वर्णन गर्दै अस्ट्रेलियाको यहुदी समुदायसँग एकता व्यक्त गर्नु भएको छ ।

उहाँले घटना “हनुक्का मनाइ रहेका यहूदी अस्ट्रेलियालीहरू लक्षित रहेको बताउदै आनन्दका साथ उत्सव, मनाई रहेका यहूदी विरोध, आतङ्कवाद भन्दै घटना हृदय विदारक भएको बताउनु भएको छ ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनका अनुसार अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा भएको घातक गोली काण्डमा संलग्न दुई संदिग्ध वावु र छोरा छन् ।

पत्रकार सम्मेलनमा बोल्दै लान्यानोनले ५० वर्षीय बुबालाई प्रहरीले घटनास्थलमै गोली हानेर हत्या गरेको र २४ वर्षीय छोरालाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको र अवस्था गम्भीर रहेको बताउनु भएको छ ।

नजिकैको गाडीमा फेला परेका विस्फोटक उपकरणहरू अधिकारीहरूद्वारा सुरक्षित रूपमा हटाइएको पनि अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै