एकैदिन ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 17 May, 2023

जेठ ३, काठमाडौँ | साताको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ११ सयले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मात्रै तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख नौ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधवार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ७० मा झरेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!