आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

Posted on: 18 May, 2023

जेठ ४, काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो । 

जसअनुसार बिहीबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ । 

यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!