कति छ आज मलेसियन, युएई र कतार रियलको भाउ ? सुची सहित

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७२ पैसा र बिक्री दर १६५ रूपैयाँ ४८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको छ भने युएई दिर्हामको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७७ पैसा र बिक्री दर ३५ रूपैयाँ ९४ पैसा रहेको छ | त्यस्तै मलेसिया रिङ्गिटको  मूल्य एकको खरिद दर २८ रुपैया ७१ पैसा र बिक्री दर २८ रुपैया ८४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!