आज बुधबार तोलामा पाँच सयले बढ्यो सुनको मूल्य !

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौँ | साताको चौथो दिन सुनको मूल्य वृद्धि भएको छ ।

बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने, प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!